चार करोड पेस्की लिएर ४ वर्षदेखि कालोपत्रको काम अलपत्र

कालीकोट, १४ मंसिर । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको मुख्य सडक कालोपत्रको काम अलपत्र अवस्थामा छ । कर्णाली प्रदेश सरकारको लगानीमा नगरपालिकाभित्रको शान्तीघाट–सिपखाना सडकअन्तर्गत शान्तीघाटदेखि बडिमालिकासम्मको १२ किलोमिटर सडक कालोपत्र गर्न २०७८ साल असार ३ गते ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको ४ वर्षसम्म निर्माण सम्पन्न नगरी सडक अलपत्र अवस्थामा छोडिएको छ । दुई […]

गिज्याइरहेको अधुरो क्रिकेट मैदान   

महेन्द्रनगर, १४ मङ्सिर ।  काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताले नेपालीको ध्यान तानिरहेको छ । अझ खेलाडीतर्फ हेर्ने हो भने सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीप्रतिको दर्शकको क्रेज थप चुलिएको छ । दीपेन्द्रले कप्तानी गरिरहेको सुदूरपश्चिम रोयल्सले जारी प्रतियोगितामा पाँच वटा खेल जितिसक्दा तिनै दीपेन्द्रको गृहनगर महेन्द्रनगरमा निर्माणाधीन अवस्थामा अलपत्र परेको क्रिकेट मैदानले गिज्जाइरहेको […]

चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना

काठमाडौँ, १४ मङ्सिर ।  सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सो आयोजनाको क्षमता ४५ मेगावाट बराबर रहेको छ । चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्ने सो आयोजनाको आयोजना स्थल […]

कर्णाली याक्स ५ विकेटले पराजित

काठमाडौं, १४ मंसिर ।  नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार सम्पन्न १९औँ खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्समाथि ५ विकेटको शानदार जित हाँसिल गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १५० रनको मध्यम लक्ष्य काठमाडौं गोर्खाजले १८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । यो जितसँगै काठमाडौं गोर्खाजले प्रतियोगितामा आफ्नो चौथो जित दर्ता गरेको […]

एमालेको ११ औँ महाधिवेशन  ९ जिल्लामा सर्वसम्मत, रुकुमपश्चिममा निर्वाचनबाट प्रतिनिधि छनौट 

दिनेश बुढा  सुर्खेत, १४ मंसिर ।  नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौंटको काम देशभर जारी रहेको छ । कर्णाली प्रदेशका १० जिल्ला मध्ये ९ जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन हुँदा रुकुमपश्चिममा भने निर्वाचनबाट प्रतिनिधि चयन गरिएको छ । ४७ हजार बढी पार्टीका संगठित सदस्य रहेको कर्णाली प्रदेशमा ११३ जना नेताहरु प्रतिनिधि चयन भएको […]

जुम्लामा भीरबाट खस्दा महिलाको मृत्यु

गाेल्डेन बुढा जुम्ला, १४ मंसिर। जुम्लाकाे तातोपानी गाउँपालिका–१ राँका गाउँमा आइतबार दाउरा संकलनका क्रममा एक महिलाको ज्यान जाने दुःखद घटना भएको छ। दिउँसो करिब साढे १२ बजेतिर वन क्षेत्रको गाईचौर–उधेँरी खोला नजिक दाउरा टिप्दै गरेकी दुर्गा सार्की (अन्दाजी ५०) भीरबाट लडेर मृत्यु भएकी हुन्। स्थानीयका अनुसार सार्की करिब २ सय मिटर तल झरेकी थिइन् र […]

घुयँत्राे:. “दुई–तिहाईको सपना बोकेर घरघरै चाहार्ने प्रचण्डको ‘चुनाबी महायात्रा’!”

हैन ! कमरेड प्रचण्ड त दुई तिहाइनै ल्यामला झैँ गरि जनता घरघर चाहार्दै हिँड्याछन त हँ । याैटाले २ तिहाईकाे सरकार चलायाे र याे हालत बनायाे । सारा देशनै आगाेलाएर सरकारीदेखि निजि क्षेत्रलाईसम्म तन्नम बनायाे । उल्ले छाेडेछि अरुले हामी गर्छम् भनेर आकाहरुनि अपराधिहरलाई कारबाहि गरेर जेलाँ काेच्न छाडेर रातदिन चुनाबै गराउँछु भनेर फलाक्दै बस्याछन […]

जुम्लाको पातारासी–१ मा ट्याक्टरको ठक्करबाट किशोरको मृत्यु, चालक फरार

गाेल्डेन बुढा १३, मंसिर २०८२ जुम्लाको पातारासी गाउँपालिका–१ मा ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ। आज दिउँसो करिब साढे ५ बजे पातारासी–१ स्थित सेलागढी गाउँ नजिकै ढुङ्गा बोकेर गइरहेकाे ट्याक्टरले हिडिरहेकाे अवस्थामा एक स्थानीय युवकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। पातारासी–२ का १५ वर्षीय नन्दराम बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी […]

एमालेको ११औँ महाधिवेशनमा कर्णालीबाट एक सय १३ प्रतिनिधि  कँडेल र बोगटी पदाधिकारीको लाइनमा

ओम शाही सुर्खेत, १३ मंसिर । आसन्न नेकपा (एमाले)को ११औं महाधिवेशनका लागि कर्णाली प्रदेशबाट एक सय १३ प्रतिनिधि छनौट भएका छन् । कर्णाली प्रदेश कमिटीले शनिबार २७–२९ म‌ंसिरमा भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लगाएको हो । १० वटै जिल्लाबाट महाधिवेशनमा सहमागी हुने प्रतिनिधिको सर्वसम्वत टुङ्गो लागेको प्रदेश कमिटी उपसचिव पद्मा खड्काले जानकारी […]

सम्पादकीय : मजदुरमाथीको उदासीनता किन ?

देश आगामी २१ फागुनमा प्रनिनिधिसभा सदस्य निर्वाचनको तयारीमा छ । २३–२४ भदौको जेनी–आन्दोलनपछिका राजनीतिक घटनाक्रमले निर्वाचन दुई वर्ष अगावै गर्नुपर्ने बाध्यता उत्पन्न भएको छ । भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै सडकमा उत्रिएको जेन–जी समूहमाथि भएको अत्यधिक बल प्रयोगले देशलाई नयाँ संकटतर्फ धकेलिदियो । जेन–जी आन्दोलनपछि निर्माण भएको अन्तरिम सरकारलाई आगामी फागुनमा निर्वाचन गराउने म्याण्डेट […]

सफ्टवेयर अपडेट समस्याका कारण एयर न्यूजील्यान्डका १२ उडान प्रभावित

वेलिङ्टन, १३ मङ्सिर (रासस/सिन्ह्वा) ।  एयर न्यूजील्यान्डले ३७ वटा एयरबस विमानमा आवश्यक सफ्टवेयर अपडेट लागू गर्नुपर्ने भएपछि १२ उडान रद्द गरेको छ । एयर न्यूजील्यान्डका प्रमुख सुरक्षा अधिकारी नेथन म्याकग्रोका अनुसार, यो सफ्टवेयर अपडेट समस्या देशभित्र र अन्तर्राष्ट्रिय उडानमा सञ्चालन हुने ३७ वटा एयरबस विमानलाई प्रभावित गरिरहेको छ । उनले यो अपडेट पूरा गर्न करिब […]

रूसको निरन्तर आक्रमणले किएभमा सङ्कट गहिरिँदै

किएभ, १३ मङ्सिर (रासस/एएफपी)। रूसले शनिबार बिहान युक्रेनको राजधानी किएभमा गरेको हवाई आक्रमणमा सात जना घाइते भएका छन् । मध्यरातपछि शहरभर ठूलो विस्फोटको आवाज सुनिएपछि हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको थियो । किएभको सैनिक प्रशासनका प्रमुख तिमुर तकाचेन्कोले भन्नुभयो,“विपक्षीका उड्ने यन्त्रहरू राजधानी वरपर देखिएका छन् र हवाई प्रतिरक्षा दलले तिनको विरुद्ध सक्रिय रूपमा प्रतिक्रिया जनाइरहेका […]

तेल मूल्य स्थिर राख्न ‘ओपेक प्लस’को रणनीतिक कदम

भियना, १३ मङ्सिर (रासस/एएफपी) ।  ‘ओपेक प्लस’ का प्रमुख सदस्य राष्ट्रहरूले सन् २०२५ मा अपनाएको तेल उत्पादन नीति समग्रमा प्रभावकारी देखिएको छ । अप्रिलदेखि साउदी अरब, रूस, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, कजाकिस्तान, अल्जेरिया र ओमानले करिब २.९ लाख ब्यारेल प्रतिदिन उत्पादन बढाउँदै प्रतिस्पर्धी मुलुकहरूसँगको बजार हिस्सेदारी विस्तार गर्ने प्रयास गरेका थिए । उत्पादन वृद्धि […]