रूसको निरन्तर आक्रमणले किएभमा सङ्कट गहिरिँदै

किएभ, १३ मङ्सिर (रासस/एएफपी)।

रूसले शनिबार बिहान युक्रेनको राजधानी किएभमा गरेको हवाई आक्रमणमा सात जना घाइते भएका छन् । मध्यरातपछि शहरभर ठूलो विस्फोटको आवाज सुनिएपछि हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको थियो ।

किएभको सैनिक प्रशासनका प्रमुख तिमुर तकाचेन्कोले भन्नुभयो,“विपक्षीका उड्ने यन्त्रहरू राजधानी वरपर देखिएका छन् र हवाई प्रतिरक्षा दलले तिनको विरुद्ध सक्रिय रूपमा प्रतिक्रिया जनाइरहेका छन् ।”

किएभका मेयर विताली क्लिच्कोले आक्रमणका क्रममा सबै नागरिकलाई सुरक्षित स्थानमै बस्न अनुरोध गरेका थिए । उनका अनुसार राजधानीमा सात जना घाइते भएका छन्, जसमा चार जनालाई उपचारका लागि अस्पताल लगिएको छ । घाइतेमध्ये १३ वर्षे एक बालक पनि रहेको उनले जानकारी दिए ।

आक्रमणका कारण शहरका केही आवासीय क्षेत्रमा रहेका घर र सवारीसाधनमा क्षति पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् । यही साताभर रातको समयमा भएका यस्तै प्रहारका कारण किएभका विभिन्न बस्ती क्षेत्रमा आगलागी भएको थियो । ती घटनामा सात जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।

रूसको निरन्तर आक्रमणले किएभमा सङ्कट गहिरिँदै

तेल मूल्य स्थिर राख्न ‘ओपेक प्लस’को रणनीतिक

रूसको निरन्तर आक्रमणले किएभमा सङ्कट गहिरिँदै

सफ्टवेयर अपडेट समस्याका कारण एयर न्यूजील्यान्डका १२

Leave a comment

Your email address will not be published. Required fields are marked *