स्पेसएक्सका ‘राइडशेयर’ मिसन सफलतापूर्वक प्रक्षेपण

लस एन्जल्स, १३ मङ्सिर (रासस/सिन्ह्वा) ।  अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार आफ्नो नयाँ ‘राइडशेयर’  मिसन सफलतापूर्वक अन्तरिक्षतर्फ पठाएको छ । ‘राइडशेयर’ मिसन भनेको एउटा रकेटमार्फत एकैपटक धेरै साना उपग्रह वा उपकरणहरूलाई अन्तरिक्षमा पठाउने कार्यक्रम हो । यस किसिमको मिसनमा विभिन्न कम्पनी, संस्था र अनुसन्धान समूहका साना उपग्रहहरू (जस्तै क्यूबस्याट, माइक्रोस्याट वा अन्य वैज्ञानिक उपकरणहरू) […]

गुणस्तरीय कानुन निर्माणमा नेपाल कानुन समाज

काठमाडौँ, १३ मङ्सिर ।  नेपालको संविधान निर्माण र कार्यान्वयनमा ‘पर्दा पछाडि’ रही निरन्तर सहयोग पुर्‍याइ रहेको नेपाल कानुन समाजले प्रदेश र स्थानीय तहका कानुन तर्जुमाका लागि सात वर्षदेखि सहकार्य गर्दै आएको छ । सङ्घीय सरकारका लागि कार्य विस्तृतीकरण परिमार्जन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सहकार्य गरिरहेको समाजले सङ्घ, प्रदेश र स्थानीय तहसँग अन्तर–सम्बन्ध तथा समन्वयसम्बन्धी […]

वित्तीय सङ्घीयता कार्यान्वयनका समस्या समाधान गर्न माग

काठमाडौँ, १३ मङ्सिर ।  मधेस प्रदेशका मुख्यमन्त्री र अन्य प्रदेशका आर्थिक मामिलामन्त्रीले वित्तीय सङ्घीयता कार्यान्वयनमा देखापरेका समस्या समाधानका लागि विभिन्न उपायको खोजी गर्दै साझा मतका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । वित्तीय सङ्घीयता कार्यान्वयनको क्रममा देखापरेका समस्या क्रमशः समाधान हुँदै आएका भए पनि नयाँ परिस्थितीमा नयाँ खालका समस्या देखा पर्ने भएकाले त्यसको समाधानका उपाय […]

वीरगञ्ज हुँदै चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात हुँदा २२ अर्ब ९० करोड राजस्व सङ्कलन

पर्सा, १३ मङ्सिर ।  चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर रु ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।  डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट रु २२ अर्ब ९० करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको चार […]

‘टिपिएस’ विधिबाट आलुखेती

कञ्चनपुर, १३ मङ्सिर ।  शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न किसान महादेव चौधरीले यस वर्ष पहिलोपटक टिपिएस (ट्रयु पोटेटो सिडस) विधिबाट आलुखेती गरेका छन् । चौधरीले आलुको बिँडाबाट प्राप्त वास्तविक बियाँ प्रयोग गरी नर्सरीमा बिरुवा उत्पादन गरेपछि खेतमा सारेर उनले बिरुवा रोपेका हुन । चौधरीका अनुसार टिपिएस विधिबाट प्राप्त बिरुवा रोगप्रतिरोधी, स्वस्थ र बढी उत्पादन […]

हुम्लामा निःशुल्क आँखा शिविर

हुम्ला, १३ मङ्सिर ।  हुम्लाको अदानचुली गाउँपालिकाको श्रीनगर स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क आँखा शिविरमा ५२० जनाले उपचार गराएका छन् ।  बिहीबारदेखि सुरु भएको निःशुल्क आँखा शिविर तथा मोतीबिन्दु शल्यक्रिया शिविरमा ४० जनाको मोतीबिन्दु र एक जनाको टेरिजियमको निःशुल्क शल्यक्रिया गरिएको अदानचुली गाउँपालिका स्वास्थ्य शाखा संयोजक विनोद बुढाले बताए । नेपाल नेत्रज्योति सङ्घ हुम्ला शाखा, नेपाल […]

वडा कार्यालय भवन निर्माण

जुम्ला, १३ मङ्सिर ।  जुम्लाको गुठीचौर गाउँपालिका–१ ले वडाको नवनिर्मित पक्की भवनबाट सेवा सुरु गरेको छ । भवन सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले वडाको प्रशासकीय भवन निर्माण गरेको हो । उक्त भवन निर्माणका लागि सघन सहरी विकास कार्यालयको रु ४७ लाख बजेटमा वडाको प्रशासकीय भवन निर्माण भएको वडाध्यक्ष अर्जुनकुमार महताराले बताए […]

स्थानीय उत्पादनको ”पोषण प्रदर्शनी” नराकोटमा

गाेल्डेन बुढा जुम्ला ,१३ मंसिर । जुम्लाको सिँजा गाउँपालिका-३ नराकोट बजारमा शनिबार केवल बजारको भीडमा सीमित रहेन। गाउँपालिका स्वास्थ्य शाखाको नेतृत्व तथा प्लान नेपाल र पेस नेपालको सहकार्यमा आयोजित एकदिने पोषण प्रदर्शनी मेला गाउँलाई विज्ञान, संस्कृति र अर्गानिक जीवनशैलीको संयुक्त कक्षामा रूपान्तरित गर्यो। सैद्धान्तिक नारा होइन, घर-घरको भान्सामा बस्न सक्ने व्यवहारिक पोषण-क्रान्ति यहीँबाट सुरु भएको […]

बैतडी कारागारका ५९ जना बन्दीलाई स्थानान्तरण गरियो 

बैतडी, १३ मङ्सिर ।  बैतडी कारागारमा रहेका कैदी र थुनुवालाई स्थानान्तरण गरिएको छ । जीर्ण अवस्थामा रहेको भवनलाई नयाँ निर्माण गरिने भएकाले यहाँ रहेका कैदी र थुनुवालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको हो । कूल ५३ जना कैदी र छजना थुनुवालाई डडेलधुरा, दार्चुला, बझाङ र बाँकेका कारागारमा स्थानान्तरण गरिएको कारागार कार्यालय बैतडीका प्रमुख धारा भण्डारीले जानकारी […]

“जुम्लाबाट एमाले प्रतिनिधि सर्वसम्मत चयन”

गाेल्डेन बुढा जुम्ला,१३ कार्तिक। नेकपा एमाले जुम्ला जिल्ला कमिटीले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरेको छ। जिल्लाभित्र विभिन्न पदका लागि सक्रिय उम्मेदवारता भए पनि अन्ततः आन्तरिक सहमतिमा सबै प्रतिनिधिहरू टुंगो लगाइएको सचिव मानबहादुर रोकायाले जानकारी दिए।राेकायाका अनुसार खुला प्रतिनिधिमा जिल्ला अध्यक्ष शान्तिलाल महत र पूर्व सांसद देवीलाल थापा, महिला प्रतिनिधिमा मेनका […]

घुयँत्राे:“बा निश्निन्त, महेश ज्याङ्गो सक्रिय—पार्टी अब ‘ऑटो पाइलट मोड’ मा”

ऐले केपि बा काे पाटि भाईरलछ । भाइरल गराउने जिम्मा पाका महेश बस्नेत जुन जिल्लाँ गओ त्यईँ धधङ्गा मच्चाएर सडकाँ थुप्र्या जेनजीहरकाे साताेपुत्लाे लेकाे देखेछि बा त्यसैनि प्रशन्न छन । चिन्ता नगर्नाेस ओलिबा जबतक महेश बस्नेत जिन्दाछ तबतक हजुरलाई पाटि चुनाब जित्न र आम चुनाउ जित्न कुनै गाह्रै छैन । देख्नु हुन्न जाँ जाँ तपाईंको […]

“कर्णाली उठ्दैछ,जुम्लाबाट”

गाेल्डेन बुढा जुम्ला,१३ मंसिर । कर्णाली नदीको निलो शिरा, सिंजाको पौराणिक स्वर, चन्दननाथको धार्मिक आस्था र खलंगाको हलचलबीच,जुम्ला भित्रभित्रै बदलिँदै छ। परम्परागत संस्कृतिका तहहरू बचाउँदै-बचाउँदै यहाँका मानिसहरूले विगत केही वर्षमा अद्भुत सिर्जनात्मक उदय देखाएका छन्। त्यो विकास योजनाको अनुहार होइन; त्यो स्थानीय मनको आकांक्षा, कल्पनाको पखेटा र पहिचानप्रतिको गर्वको अदम्य रूप हो।कर्णाली राजमार्गमा मोटरसाइकल थामेर […]

पश्चिम नेपालमै पहिलोपटक हड्डी, मांसपेशी र छाला क्यान्सरबारे बृहत चिकित्सक सम्मेलन खजुरामा हुँदै

बाँके ,१३ मंसिर । पश्चिम नेपालमा पहिलोपटक हड्डी, मांसपेशी र छालासम्बन्धि क्यान्सर (Musculoskeletal & Skin Cancer) बारे केन्द्रित बृहत चिकित्सक सम्मेलन हुने भएको छ। बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आयोजनामा, मस्कुलोस्केलेटल अंकोलोजी सोसाइटी अफ नेपाल (MOSON) तथा नेपाल अर्थोपेडिक एशोसियसन वेस्टर्न च्याप्टरको सहकार्यमा मंसिर २६–२७ गते सम्मेलन सञ्चालन हुने तयारी गरिएको हो। उद्घाटन […]