२०८३ आश्विन १८ गते
×

Now Playing

“जुम्लाबाट एमाले प्रतिनिधि सर्वसम्मत चयन”

गाेल्डेन बुढा

जुम्ला,१३ कार्तिक।

नेकपा एमाले जुम्ला जिल्ला कमिटीले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरेको छ। जिल्लाभित्र विभिन्न पदका लागि सक्रिय उम्मेदवारता भए पनि अन्ततः आन्तरिक सहमतिमा सबै प्रतिनिधिहरू टुंगो लगाइएको सचिव मानबहादुर रोकायाले जानकारी दिए।राेकायाका अनुसार खुला प्रतिनिधिमा जिल्ला अध्यक्ष शान्तिलाल महत र पूर्व सांसद देवीलाल थापा, महिला प्रतिनिधिमा मेनका पछाँई र शान्ता शाही, दलित प्रतिनिधिमा रामबहादुर नेपाली, तथा युवा प्रतिनिधिमा धिरज जैशी सर्वसम्मत रूपमा चयन भएका छन्।

जुम्ला कमिटीका अध्यक्ष शान्तिलाल महतले प्रतिनिधि छनोट विवादरहित रूपमा सम्पन्न भएको बताएका छन्। महतले भने, “पार्टीलाई लक्ष्य गरेर देशी–विदेशी शक्तिहरूको दबाब र चुनौती बढिरहेको अवस्थामा एमाले संगठन एकता र दृढताका साथ अघि बढिरहेको छ।

महाधिवेशनमा जुम्लाबाट सहभागी प्रतिनिधिहरूले राष्ट्र र राष्ट्रियताको पक्षमा स्पष्ट रूपमा मतदान गर्ने प्रतिबद्धता जनाएका छन्।”एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७–२९ गते काठमाडौंमा आयोजना हुँदैछ। पार्टी नेतृत्वले महाधिवेशनलाई संगठन मजबुत पार्ने, राष्ट्रिय नेतृत्व र राष्ट्रिय एकतालाई सुदृढ बनाउने अवसरका रूपमा लिएको छ।जुम्लाबाट चयनित प्रतिनिधिहरूको सर्वसम्मत चयनले जिल्लाभित्र पार्टी एकताको सन्देश मात्र होइन, देशव्यापी चुनौतिसँग सामना गर्न एमालेको संगठनात्मक दृढता पनि देखाएको छ।

“जुम्लाबाट एमाले प्रतिनिधि सर्वसम्मत चयन”

बैतडी कारागारका ५९ जना बन्दीलाई स्थानान्तरण गरियो 

Leave a comment

Your email address will not be published. Required fields are marked *