कालिकोटका पत्रकार बिरेन्द्र आचार्यको स्कुटर दुर्घटनामा मृत्यु
गाेल्डेन बुढा जुम्ला,१३ मंसिर। कालिकोटको ताडीस्थित रेडियो तिला आवाजका कार्यक्रम प्रमुख तथा प्रेस सेन्टर कालिकोटका अध्यक्ष ३४ वर्षीय वीरेन्द्र आचार्यको ट्राफिक दुर्घटनामा निधन भएको छ।शुभकालिका–६ हाउडी घर भएका आचार्य सवार लुम्बिनी प्रदेश–३६–प–३८८६ नम्बरको स्कुटरलाई सुर्खेतको वीरेन्द्रनगर–२ स्थित वडा कार्यालय अगाडि कर्णाली प्रदेश–०२–००३–प–१७४४ नम्बरको मोटरसाइकलले शुक्रबार ठक्कर दिएको प्रहरीले जानकारी दिएको हो। २३ वर्षीय यामबहादुर शाहीले […]



