शैक्षिक भ्रमण गएको जिप दुर्घटना १० घाइते

दुर्गा विसि
सल्यान ,११ मंसिर ।
सल्यानको बनगाड कुपिण्डेमा शैक्षिक भ्रमणका लागि कुपिण्डे तालतर्फ जाँदै गरेको रा.१ज ८७१ नम्बरको जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। गोब्राही प्राथमिक विद्यालय, बिरमखोलाबाट विद्यार्थी बोकेर गएको जीप आज दिउँसो १ बजे बनगाड कुपिण्डे–८ आरगेनेटा नजिक अनियन्त्रित भई जिप पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि गम्भीर घाइते बनगाड कुपिण्डे–१२ का ३८ वर्षीय टोपेन्द्र केसी र ३७ वर्षीया ललिता डिसीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी पूर्ण केसीले जानकारी दिनु भएको छ ।
अन्य घाइतेहरू गोमा कुमारी केसी, ४ वर्षीय दिपेन्द्र थापा, ३५ वर्षीय कृष्णा वली, ५ वर्षीय गौरव वली, २५ वर्षीय तेजबहादुर डाँगी, ४२ वर्षीया निर्मला घर्ती र दैलेख ढुङ्गेश्वर–५ का २८ वर्षीय देवप्रसाद गौतम उपचारपछि घर फर्किएको जनाएको छ ।






