जुम्लाको पातारासी–१ मा ट्याक्टरको ठक्करबाट किशोरको मृत्यु, चालक फरार

गाेल्डेन बुढा
१३, मंसिर २०८२
जुम्लाको पातारासी गाउँपालिका–१ मा ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ। आज दिउँसो करिब साढे ५ बजे पातारासी–१ स्थित सेलागढी गाउँ नजिकै ढुङ्गा बोकेर गइरहेकाे ट्याक्टरले हिडिरहेकाे अवस्थामा एक स्थानीय युवकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
पातारासी–२ का १५ वर्षीय नन्दराम बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिनबाबू रेग्मीले बताए।उनका अनुसार क.०२–००१ ट ०१३८ नम्बरको ट्याक्टरले ठक्कर दिएको खुलेको छ।ट्याक्टरका चालक पातारासी – ५ का हुन्।तर, आधिकारिक खुल्न सकेको छैन।चालक फरार रहेको र उनको खोजी तीव्र पारिएको प्रहरी जनाएको छ। प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।






