जुम्लामा लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

काली बहादुर परियार

जुम्ला,१६ मंसिर ।

जुम्लामा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले साेमबार बेलुकी विशेष गुप्त सूचनाका आधारमा गरेको कारबाहीमा चन्दननाथ नगरपालिका–५ का धननाम सिंह कठायतका छोरा वर्ष २४ का विक्रम सिंह कठायत पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विक्रम सिंह कठायत कालेखोली चाेकमा हिँडिरहेको अवस्थाबाट शंका लागेपछि चेकजाँच गर्दा उनको साथबाट ब्राउन सुगर जस्तो देखिने लागुऔषध फेला परे पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक लाेकेन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार, बरामद गरिएको पदार्थको तौल करिब ४० मिलि ग्राम रहेको बताए । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिन बाबु रेग्मीको निर्देशनमा खटिएको टोलीले लागुऔषधसहित कठायतलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिए ।

लामो समयदेखि जिल्लामा देखिँदै आएका लागुऔषध सम्बन्धि गतिविधिलाई नियन्त्रणमा लिन प्रहरी सशक्त रूपमा सक्रिय रहेको र यस्तो अभियान निरन्तर रहने प्रहरीले जनाएको छ।

जुम्लामा लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

तिला गाउँपालिकाद्वारा २६ लाख राजस्व सङ्कलन

जुम्लामा लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

दुर्गम गाउँ गोप्कामा आभारभूत स्वास्थ्य सेवा 

Leave a comment

Your email address will not be published. Required fields are marked *