नेपालगन्जमा अपाङ्गमैत्री शहरको प्रारम्भ : बीपीचोक–धम्बोझीसम्म फुटपाथ निर्माण सुरु

बाँके,१७ मंसिर ।

नेपालगन्ज उपमहानगरपालिकाले शहरलाई सबैका लागि पहुँचयोग्य बनाउने लक्ष्यसहित अपाङ्गमैत्री फुटपाथ निर्माणको काम अघि बढाएको छ। पहिलो चरणमा बीपीचोकदेखि धम्बोझीसम्म अपाङ्गमैत्री फुटपाथ निर्माणका लागि करिब ५० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको मेयर प्रशान्त विष्टले बताउनुभएको छ। नगर प्रमुखका अनुसार जनसहभागिता र आवश्यकता दुवैलाई मध्यनजर गर्दै निर्माण कार्य तत्कालदेखि नै सुरू गरिनेछ।

फुटपाथ निर्माणको पूर्वतयारीस्वरूप उपमहानगरपालिकाले मार्गअन्तर्गतका अतिक्रमित संरचना हटाउने कामलाई तीव्र बनाएको छ। मेयर विष्ट र प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा स्वयं स्थलमै उपस्थित भई अतिक्रमण हटाउने कार्यको नेतृत्व गरिरहेका छन्।

फुटपाथलाई च्यापेर बनाइएका अस्थायी टहरा, पसललगायत संरचनामाथि डोजर प्रयोग गरी हटाइएको छ। नेपालगन्जमा वर्षौँदेखि फुटपाथ अतिक्रमण हटाउन नसकेको भन्दै नागरिक स्तरमा आलोचना हुँदै आएको अवस्थालगत्तै उपमहानगरपालिकाले कडाइका साथ अभियान अघि सारेको हो।

उपमहानगरपालिकाले दोस्रो चरणमा बीपीचोकदेखि गणेशमानचोकसम्मको अतिक्रमण हटाई त्यही खण्डमा पनि अपाङ्गमैत्री फुटपाथ विस्तार गर्ने योजना जनाएको छ। नगरका सार्वजनिक स्थललाई सुरक्षित, व्यवस्थित र समावेशी बनाउने यो अभियानले नेपालगन्जलाई अपाङ्गमैत्री शहरतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।

 

नेपालगन्जमा अपाङ्गमैत्री शहरको प्रारम्भ : बीपीचोक–धम्बोझीसम्म फुटपाथ निर्माण सुरु

घुयँत्राे:“जनताको चेतना अपग्रेड : भदौ २३ अघि

नेपालगन्जमा अपाङ्गमैत्री शहरको प्रारम्भ : बीपीचोक–धम्बोझीसम्म फुटपाथ निर्माण सुरु

हुम्लाबाट सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत

Leave a comment

Your email address will not be published. Required fields are marked *