ऊर्जामन्त्रीका सय दिनः  बक्यौता असुलीदेखि ठूला जलविद्युत् आयोजनामा लगानीको सुनिश्चितता  

काठमाडौँ, १० पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मन्त्रालयमा आफ्‌नो १०० दिनको अवधिमा ऊर्जा उत्पादन, प्रसारण, लगानी व्यवस्थापन र विपद् न्यूनीकरणका क्षेत्रमा महत्वपूर्ण निर्णय तथा कार्यान्वयन भएको बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले १०० दिनमा सम्पादित १०१ कामको विवरण प्रस्तुत गर्दै प्रत्यक्ष निरीक्षण, सक्रिय निर्देशन र प्रशासनिक सुधारमार्फत विकास आयोजनालाई […]

जुम्लामा ठुली भैलोको रौनक

गाेल्डेन बुढा जुम्ला,९ पुस। खस सभ्यता र मौलिक संस्कृतिको जीवन्त पहिचान मानिने परम्परागत ठुली भैलो यस वर्ष पनि जुम्लाका गाउँ–बस्तीमा उत्साहपूर्वक खेलिएको छ। पुस ५ गतेदेखि सुरु भएको भैलो पुस ८ गते विधिसम्मत रूपमा सम्पन्न भएको हो। महिला–पुरुष, बुढापाका र युवाको सहभागितामा गाउँ–गाउँदेखि सरकारी कार्यालयसम्म भैलोको रौनक देखिएको छ। जुम्लामा पुस महिनाको औँसी वा कृष्ण […]

नेकपा जुम्लाबाट पाँच नाम सिफारिस

गाेल्डेन बुढा जुम्ला ,९ पुस। नेपाली कम्युनिस्ट पार्टी जुम्लाले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनलाई लक्षित गर्दै प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ। बुधबार बसेको बैठकले संगठनात्मक मूल्यांकन, राजनीतिक योगदान र स्थानीय जनसमर्थनका आधारमा उम्मेदवारको नामावली तय गरेको हो।पार्टीले सार्वजनिक गरेको सिफारिस सूची अनुसार पहिलो नम्बरमा नरेश भण्डारी रहेका छन्। दोस्रोमा दलबहादुर जिसी […]

दिगो विकासको उत्सव’ नारासहित कोहलपुर महोत्सवको भव्य उद्घाटन, ‘भिजिट बाँके नेसनल पार्क–२०२६’ को घोषणा

बाँके ९, पुस। कोहलपुर जस्तो उदाउँदो सहरको आर्थिक विकास, लगानी वातावरण र उद्यमशीलता प्रवर्द्धनमा महोत्सवले महोत्सवहरूले महत्वपूर्ण भूमिका खेल्ने उद्योग वाणिज्य माहासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले बताएका छन् । दिगो विकासको उत्सव’ भन्ने मूल नाराका साथ सुरू गरिएको महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । यस्तै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल […]

लोकतन्त्र जोगाउन फागुन २१ मै निर्वाचन आवश्यक : काँग्रेस सहमहामन्त्री राठौर

बाँके ,९ पुस। नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते नै हुनुपर्ने स्पष्ट गर्नुभएको छ । मुलुक र लोकतन्त्र जटिल मोडमा पुगेकाले आपसी मतभेद बिर्सेर सम्पूर्ण नेपाली काँग्रेस निर्वाचन केन्द्रित भएर अघि बढ्नुपर्ने उहाँको धारणा छ । मंगलबार नेपाली काँग्रेस बाँकेद्वारा निर्माण गरिएको सुशील कोइराला स्मृति भवनको उद्घाटन तथा नेपाली काँग्रेसका […]

घुयँत्राे:चुनाबी मैदानमा ‘रकुबा त्रिमूर्ति’, काँग्रेस–एमाले–माओवादीको हड्डी गल्ने डर

हैन ! ओ पुराना तीनदलका नेतारु सुन्याैकि सुनेनाै ! चुनाबाँ तिमरकाे पत्तासाफ गर्न रबि,कुलमान,बाले ( रकुबा )एकै ठाँ जम्मा भएरेन्त ! ओलि बाहरकाे खटिया खडि गर्न रकुबाहरु एक जुट भा हुन भनेत तिमरका पुराना हड्डिकाे छानीछानी रस बनाउलान जस्ताे भाे त ! कराेडाैँकाे सहकारी घाेटालाँ जिल्लै पिच्छे मुद्दा हालेरनि गाेडा दुई बर्षजति थुनेर नि न […]

घुयँत्राे:सिम्ताबाट घण्टी बज्यो, काँग्रेस–एमालेका कान ठाडा!

ऐले सुर्खेतकाे १ नं क्षेत्रतिर भ्याई नभ्याई छ भन्छन त के हाे ? गाेडाएक साता अघि काँग्रेसका पूर्व पाटि उपसभापति टेक बहादुर सिंह काँग्रेसले सदस्यतानै नविकरण गर्देन भनेर रास्वपातिर फाल हालेछि ऐले काँग्रेसका चेतकान ठाडा भा छन भन्छन । विचरा आजसम्म राजनीति गरेरै सिम्ता र वीरेन्द्रनगर गरेर जिन्दगी विताईरा मान्छेलाई राजनीति नै गर्न नपाउने गरि […]

सुरक्षा निर्देशन दिन संघबाट आदेश लिनुपर्छ प्रदेश सक्रिय हुन सकेन : मुख्यमन्त्री कँडेल

सुर्खेत,९ पुस। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकार शान्ति सुरक्षा कायम गर्दै सुशासनमा केन्द्रित रहेको बताएका छन् । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘सुरक्षा निर्देशन दिन संघीय सरकारबाट आदेश लिनुपर्ने अवस्थाले पनि शान्ति […]

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री

सुर्खेत ,९ पुस। गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउनु रहेको बताएका छन् । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन कार्यक्रममा गृहमन्त्री आर्यालले फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेगरी सरकार गृहकार्यमा लागेको बताए । […]

टावर छ,नेटवर्क छैन :टोप्ला क्षेत्र अझै सञ्चारविहीन

गाेल्डेन बुढा जुम्ला,९ पुस। संघीयता कार्यान्वयनसँगै ‘सिंहदरबार गाउँमै’ भन्ने सरकारी नारा जुम्लाको तातोपानी गाउँपालिका–८, मा भने केवल भाषणमा सीमित देखिएको छ । टोप्ला क्षेत्रका इमिल्चा, मछालबाडा र बुढाबाडा बस्तीका बासिन्दा आज पनि मोबाइल नेटवर्कका लागि घन्टौँ पैदल हिँड्न बाध्य छन् । विडम्बना, नेपाल टेलिकमको टावर ठडिएको दुई वर्ष बितिसक्दा पनि यी बस्तीमा फोन नलाग्ने समस्या […]

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

विराटनगर ,९ पुस। पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको निधन भएको छ । मण्डलको मङ्गलबार विराटनगर–९ स्थित आफ्नै निवासीमा ८७ वर्षको उमेरमा निधन भएको हो । उनी मुटुसम्बन्धी रोगबाट पीडित थिए । पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा मण्डल मन्त्री थिए । उनी सद्भावना पार्टीको अध्यक्षसमेत बनेका थिए । उनका दुई श्रीमती, चार छोरा […]

अत्यधिक चिसो र शीतलहरको प्रभाव बाँकेका स्थानीय तहद्वारा विद्यालय बन्द

बाँके, ९ पुस । बाँकेमा अत्यधिक चिसो र शीतलहर बढेसँगै स्थानीय तहहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । चिसोका कारण बालबालिकालाई विद्यालय आउन–जान असहज हुनुका साथै स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै खजुरा गाउँपालिकाले पुस ९ र ११ गते विद्यालय बन्द गर्ने निर्णय गरेको हो । खजुरा गाउँपालिकाले शिक्षा समितिको निर्णयअनुसार पुस […]

कोहलपुर महोत्सवको सम्पूर्ण तयारी पूरा, आज भव्य उद्घाटन

कोहलपुर ,९ पुस। कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटन विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको कोहलपुर महोत्सव-२०८२ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । वि.सं. २०६५ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको महोत्सव सातौँ शृंखलाका रूपमा बुधबार  अर्थात् पौष ९ गते दिउँसो १ बजे औपचारिक रूपमा उद्घाटन हुँदैछ । कोहलपुर न्यूरोडस्थित खुल्ला मैदानमा सञ्चालन […]