घुयँत्राे:सिम्ताबाट घण्टी बज्यो, काँग्रेस–एमालेका कान ठाडा!

ऐले सुर्खेतकाे १ नं क्षेत्रतिर भ्याई नभ्याई छ भन्छन त के हाे ? गाेडाएक साता अघि काँग्रेसका पूर्व पाटि उपसभापति टेक बहादुर सिंह काँग्रेसले सदस्यतानै नविकरण गर्देन भनेर रास्वपातिर फाल हालेछि ऐले काँग्रेसका चेतकान ठाडा भा छन भन्छन । विचरा आजसम्म राजनीति गरेरै सिम्ता र वीरेन्द्रनगर गरेर जिन्दगी विताईरा मान्छेलाई राजनीति नै गर्न नपाउने गरि थला पार्देछि काँट हुँदाे के ! सिम्तालि टेकबादुरलाई काँग्रेसीहरले पाटियाट निकाले रे भन्ने सुन्ने बित्तिकै कुन चाईँ घण्टी हाे सिम्ता पुगेर टेकबहादुर काे कान फुकि हालेछ त्यसपछि त के चाईयाे र ढुङ्गा खाेज्दा देउता मिल्याझैँ भैगाेनि घण्टीलाईनि टेक बादुरलाई नि ।
त्यसपछि त केथ्याे र कुन दिन टेक सिम्तालि राजा टेक बहादुरलाई पाटियाँ भित्र्याम्ला र काँग्रेसीहरकाे टाउकाँ घन बजार्याझैँ बजारम्ला भनेर बस्या घण्टिहरु जब टेकबादुरलाई भित्र्याउने दिन आयाे बस घण्टीका गाेडा तीन चारेक नेता आएर टेकबादुरलाई अबिर दलेर याैटा टालाे घाँटियाँ झुँड्याईदेछि बिचरा राजानि बेस्सरी भावुक भएर अब सुर्खेताँ घण्टि बाहेक सुर्खेताँ अरु कुनै दलै छैनन अबकाे चुनाबकाे शेर भन्या घण्टी नै हाे भनेर भाषण गर्देछि त झन घण्टीका नेताहरकाे भूइँमा खुट्टै रहेन भन्दानि हुन्छ । काँग्रेसकाे याैटा नेतालाई लैदेछि अब आँफुहरु चुनाब जितिने भैयाे भनेर छाति ठाेक्दै बस्या एमाल्या नेतारुनि केई दिनदेखि टेकबादुरले सिम्ताँ चला हर्कत देखेर बाेल्नु न बास्नु भा छन रे नि त ! दिनकै याैटा गाउँचारेर सिम्ताका सातै गाविसका काँग्रेस ,एमाल्या कार्यकर्ता जति सबलाई पुरानाे पाटिकाे टिकट च्यात्दै घण्टि बनाउँदै गर्याछन भन्ने हल्ला सुनिन्छ त ! एमालेकाे गढ भनेकै त्यै सिम्ता हाे त्यैँ बाटनि एमाले काँग्रेसका मान्छेहरु पुरानाे दल छाेडदै घण्टिमा जाँदै गर्या हुनभने त गाह्राे भाे त हँ । त्यसै त एमाल्याठम्मर विष्टले पाटि छाेडदेछि लथालिङ्ग भा काे एमाले अँझ भएन भनेर सिम्तालि नारा लाएर टेकबादुरले सिम्ता मान्छे जति सबैलाई घण्टी बनाकाे सम्चार साँच्चै हाे र पुराना दलका नेताहरकाे चट्चटि पसिना छुटा हुन भने त । काँग्रेस न एमाले दुईटैकाे पत्तासाफ हाेला जस्ता पाे देख्खियाे त ! हुन पनि घण्टी ले टेकबादुरलाईनै टिकट दिने भाे र सिम्तालि जतिलाई आफ्नै ठाउँबाट चुनाउमा उठ्या मान्छेलाई भाेट नदिएर अरुलाई किन दिने भनेर जनता दिमाग भुटन सके भने त सिम्ताकाे भाेटले चुनाब जित्छम भनेर मख्ख पर्या दलकाे त विजाेग पाे हुन्छ त हाे । त्यसैले काँग्रेसीहरु चुनाब जित्न्यै हाै भने बेलैमा टेकबहादुरकाे गाेडा मुण्टा परेर फकाओ । २/४ दिन सिम्तैतिर डेडा डण्डा जमाएर बसेर गाेडा मुण्टा परेछि कस्साे मन नफर्केला र टेक बादुरकाे । हिजाे दे कै प्रदेश सभाकाे टिकट दिन तयार भएर टेकबादुरलाई फकायाे भने नआउने कुरै छैन ।आफ्ना साथि सँगी बगाल भाकाे ठाँ नआएर अन्त काँ जाने ? त्यसैले बेलैमा बुध्दि पुर्याओहै काँग्रेसी हाे नत्र पछि पछुताउनु पर्ला !





