घुयँत्राे:चुनाबी मैदानमा ‘रकुबा त्रिमूर्ति’, काँग्रेस–एमाले–माओवादीको हड्डी गल्ने डर

हैन ! ओ पुराना तीनदलका नेतारु सुन्याैकि सुनेनाै ! चुनाबाँ तिमरकाे पत्तासाफ गर्न रबि,कुलमान,बाले ( रकुबा )एकै ठाँ जम्मा भएरेन्त ! ओलि बाहरकाे खटिया खडि गर्न रकुबाहरु एक जुट भा हुन भनेत तिमरका पुराना हड्डिकाे छानीछानी रस बनाउलान जस्ताे भाे त ! कराेडाैँकाे सहकारी घाेटालाँ जिल्लै पिच्छे मुद्दा हालेरनि गाेडा दुई बर्षजति थुनेर नि न पिडितकाे पैशा तिर्ने प्रमाण भेट्टिए न जेल हालि रहने प्रमाण भेट्टिए लाष्टाँ जसरि घाेप्टाे मुन्टाे लाएर रबिलाई छाेड्थ्याै आखिर त्यस्तै घाेप्टाे मुन्टाे लाएर भाग्ने बनाउने भाे रबिले । तिमरले रबिले जजस्का पैशा खायाे भनेर लिष्ट बनाथ्याै तिनै लिष्ट भित्रा मान्छेले रबिले हाम्राे पैशा खाछैन रबिलाई जेलबाट निकाल भनेर मान्छे रबिकाे समर्थनाँ सडका उत्र्या ओलि,प्रचण्ड र देउबाले देखेत हाेलान त ! कि अँझैँ देखेनम् भन्ने आँट छ र ! तिमरले ४० वर्षाँ कति भष्टाचार गर्याछाै , कति सम्पति कमाछाै त्यसकाे हिसाब किताब सहित चुनाबाँ मान्छे सडकाँ उर्ले भने कता भागाभाग हुने हाे था छैन । जेनजीकाे आन्दोलन पनि काेई आन्दोलन हाे भनेर खिस्सिटिउरी गरेर जुन अटेरी गर्याथ्याै अब यी तिन्टाले झल्झलि देख्ने गराउँछन कि गराउन्नन त्याे बेला था हाेला । त्यसैले सक्छौ भने तिमरले चुनाब गराउने हैन कि सदन पुन स्थापना गराओ । हिजाे यस्तै बेलाँ काम लाग्ला भनेर न्यायाधीशहरु राजनीतिक नियुकती गर्ने ब्यवस्था गरेर जनताबाट तिरस्कृत भाथ्याै क्यारे अब यै हाे मनैका हिजाे उनरलाई गुन लाकाे आज ब्याज सहित फिर्तालिने । यदि सदन पुनस्थापना भएन र चुनाबमै जान पर्ने भाे भनेत तिमरकाे राजनीति सकिने मात्रै हैन कि तिमरले गुन लाएर मस्ति काट्या तिनरकानि दिन जान्छन जजस्लाई जाँजाँ गुन लाछाै तिनलाई खाेजि खाेजि रकुबाका सन्तानले खाेजि खाेजि तह लाउछन । षात्राँ हिँड्या यात्रु थकाई मारि मारि बाटाे काटन थाल्या जस्ताे गरि पूरा थकाई मारेर सल्ला गरि गरि अदालताँ जसरि मुद्दालेर गा छाै त्यसै गरि अदालतले नि थकाई मारीमारि मुद्दा किनारा लाउने साेच बनायाे र पैला चुनाब ,वादमा अदालतले फैसला गर्ने नीति लियाे भने त निश्चित रुपाँ तिमरले अदालताट आश गर्या फल पाउनै सक्दैनाै , हैन तिमरकै भन्या जस्तो भाे र सदन व्युँत्याे भनेनि देशाँ शान्ति हुने चान्सै छैन । किन भने हिजाेका आन्दोलनकारीकाे ईच्छा अनुसार ऐल्या सरकारले काम नगर्या हुनाले अब त्याे काम यीनै जेनजीका लडाकुहरले गर्ने निश्चित छ । यदि त्यसाे भाे भने old are old they are not gold भनेर जेनजीहरुले जसरि नारा लाएर अघि बढ्याछन त्यै परिणाम देखाउन खाेजे भने काँग्रेस एमाले र माओवादिका नेता कार्यकर्ताकाे कस्ताे विजाेग गराउला ऐले अनुमान गर्न गाह्रैछ । तर करिब २ बर्ष जेलभित्र बस्दाका दिनहरुलाई सम्झि सम्झि रबिले बदला लिन थालेभने भष्टाचारी नेताकाे अबस्था के हुन्छ त्यैबेला था हुन्छ । भदाै २३ पछि बन्दभाकाे काँग्रेसीहरकाे त ४ मैनादेखि बाेल्तिनै फुट्याछैन । काँछन काँछन अत्तोपत्तो छैन अनि प्रचण्डका स्याउरे म्याउरेनि दम्पचैछन बाहिर आउने हिम्मतै छैन अलिअलि त्यै महेश बस्नेतकाे आडाँ एमाल्या लठैतहरु कैले काइँ उर्लिन खाेज्छन त्यै पनि लुकि लुकि । ओलिबाकाे त के कुरा गर्नु उनकाे पचरान्ति बाेल्ने बानिसित सबै बाकिफ छन । यिनलाई जेनजीहरु पछि लाग्नै पर्दैन तिनै कार्कि आयाेगका कार्किले नै ठिक गर्छन । जब पुलिसले भाटा लाएर आयाेगाँ लगेर बक्न पठाउँछ तब उनकाे पित्तपानी त्यैँ निस्कने छ । त्यसैले जे जे गरेर वच्न सक्छाै बचाे नेताजीहरु नत्र तिमर्काे पिठो सक्किया जस्ताेछ । शेर खाेरबाट निस्कि सक्याछ । सात गाउँ लखेटेर भएनि सिकार त गर्छ गर्छ यसाँ कुनै सन्देह छैन । कि कसाे ।





