सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा

धनगढी, २० फागुन ।  यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका जिल्लामा तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सोमबारदेखि सबै मतदानस्थलमा खटाइएको बताए । उनका अनुसार मतदानस्थलमा पुगेका मतदान अधिकृतको टोलीले सोमबार निर्वाचनसम्बन्धी सूचना टाँस गरेको छ । प्रदेशका […]

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

कैलाली, २० फागुन ।  टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि कर्णाली नदीको किनारमा बगरखेती गर्दै आएका छन् । सिँचाइको सहजता हुने र उत्पादन पनि राम्रो दिने भएपछि उनले कर्णाली नदी किनार तथा टापुको सदुपयोग गर्दै खेती गर्दै आएका हुन । उनले त्यस क्षेत्रमा प्याजखेतीलाई प्राथमिकता दिएका छन् । उनको प्याजखेती निकै लोभलाग्दो छ […]

प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको  निरीक्षण

कञ्चनपुर, २० फागुन ।  सुदूरपश्चिम प्रदेश निर्वाचन सुरक्षा समितिले भारतसँग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका तथा भीमदत्त र दोधारा चाँदनीका विभिन्न मतदानस्थलको स्थलगत निरीक्षण गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्य सचिव वैकुण्ठप्रसाद अर्याल, प्रदेश प्रहरी प्रमुख ओमबहादुर राना, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति दिग्विजय सुवेदीलगायत सुरक्षा निकायका प्रदेश प्रमुखहरूको टोलीले आज सीमा क्षेत्र र […]

सम्पादकीय : आचारसंहिता पालना गरौं ! 

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दुई दिनअघिदेखि मौन अवधि सुरु भएको छ । सोमबार राती १२ बजेबाट चुनावी आचारसंहिता अनुसार मौन अवधि सुरु भएको हो । मौन अवधि सुरु भई मतदान सम्पन्न नभएसम्मका लागि राजनीतिक दल हुन वा उनका समर्थकले कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न र मत प्रभावित गर्न पाउने छैनन् । […]

नेपालगञ्जमा चुनावी तयारी तीव्र

१९, फाल्गुन २०८२ बाँके । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित कोरियनपुरमा तयारी तीव्र पारिएको छ । यस क्षेत्रमा रहेका मतदान केन्द्रहरूमा भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । मतदान अधिकृत प्रशान्त पोख्रेलका अनुसार वडा नं. १२ अन्तर्गत पाँच मतदान केन्द्र तोकिएका छन् । हिजोदेखि नै मतपत्रलगायत आवश्यक […]

घुयँत्राे:“गाली कांग्रेसलाई, माया माओवादीलाई – कर्नालीमा यामलालको गठबन्धन योगासन!”

साँच्चै २१ गते चुनाब सक्केछि एमालेले कर्नालियाँ काँग्रेसशीत मिलेर सरकार नबनाउने त हाेला हैन । काँ चुनाबि प्रचार प्रसारका बेलाँ मुख्यमन्त्री यामलाल कँडेल जीले भविष्यलाई बाँकी नै नराख्ने गरि गालि गरे भन्छन । त्यसाे त यामलालजी काँग्रेस भनेझि पटक्कै निकाे मान्दैनन । उनकाे चाहना काँग्रेसशीत मिलेर सरकार चलाउन भन्दा माओवादिसितै मिलेर सरकार चलाउने भन्ने हाे […]

स्वास्थ्यपछि सिंजा: कर्णालीको नयाँ कानुनी अभियान

गाेल्डेन बुढा जुम्ला ,१९ फाल्गुन । पहिलाे संविधानसभाले संविधान घोषणा गर्न सकेन तर कर्णालीका लागि संविधान बने सरह भयो । अधिवक्ता खेमराज न्यौपानेले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको स्थापना भएपछि जुम्लामा भन्नु भएको कुरा अहिले पनि ताजा छ ।विं.सं २०६८ सालमा नेपालको संसदीय ईतिहासमा एक जना सांसदले संसदमा दर्ता गरेको विधेयकबाट कर्णालीमा कार्यक्षेत्र बनाएर […]

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’

बाँके, १९ फागुन ।  नेपालगन्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । सरोकारवालाले कार्यक्रमको प्रभावकारिताको विषयमा अनुगमन गर्ने  क्रममा विद्यालय तथा विद्यार्थीहरूमा फोहोर व्यवस्थापन, फोहोरको वर्गीकरण र वातावरणमैत्री व्यवहारमा सकारात्मक परिवर्तन देखिएको बताएका हुन् । विद्यालयहरूमा ‘रिड्युस, रियुज र रिसाइकल’ को अभ्यास, प्लास्टिक न्यूनीकरण तथा विद्यार्थीहरूमा वातावरण संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि […]

सम्पादकीय : एकअर्कालाई सरापेर देश बन्दैन !

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब तीन दिन बाँकी छ । दलहरुले आउँदो बिहिबार हुने निर्वाचन लक्षित शक्ति प्रदर्शन सम्पन्न गरेका छन् । मौन अवधि सुरु हुनुअघि दलहरुले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा तामझामका साथ चुनावीसभा सम्पन्न गरेका हुन् । आइतबार नेकपा एमालेले वीरेन्द्रनगरमा आयोजना गरेको विशाल चुनावीसभा सम्पन्न भएसँगै दलहरुका पूर्वनिर्धारित कार्यक्रम सकिएका हुन् । […]

प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि सुरु चुनाव लक्षित राजनीतिक  गतिविधि सञ्चालनमा रोक 

ओम शाही सुर्खेत, १९ फागुन । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दुई दिनअघिदेखि मौन अवधि सुरु भएको छ । गएराति (सोमबार) १२ बजेबाट चुनावी आचारसंहिता अनुसार मौन अवधि सुरु भएको हो । मौन अवधि सुरु भई मतदान सम्पन्न नभएसम्मका लागि राजनीतिक दल हुन वा उनका समर्थकले कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र मत […]

हिउँ पन्छाइएपछि साङ्ता मतदान केन्द्र जाने सडक सञ्चालनमा

मुस्ताङ, १८ फागुन ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ—डोल्पा) सडक हिउँ लगातार ६ दिनसम्म पन्छाइएपछि सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र सडक डिभिजन कार्यालय बाग्लुङको डोजर प्रयोग गरी सडक सञ्चालनमा ल्याइएको हो । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि साङ्ता गाउँबाहिर रहेका […]

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौँ, १८ फागुन ।  आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका दर तथा राजस्व नीतिमाथि सरकारले सुझाव माग गरेको छ । बजेट तर्जुमा अघि राजस्व नीति, कर संरचना, भन्सार दर, राजस्व प्रशासन तथा समष्टिगत आर्थिक सुधारका विषयमा ठोस सुझाव सङ्कलन गर्ने उद्देश्यले गत माघ २८ गतेको मन्त्रिस्तरीय निर्णयबाट गठन भएको राजस्व परामर्श समितिले […]

हिउँ पन्छाएसँगै नारा सडक सञ्चालनमा 

हुम्ला, १८ फागुन ।  माघ दोस्रो हप्ता परेको हिमपातले अवरुद्ध नारा सडक खण्ड आजदेखि सञ्चालनमा ल्याइएको छ । उत्तरी नाम्खा गाउँपालिका–५ स्थित नारा लेकको हिउँ पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको हो । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी चार हजार ९४९ मिटरको उचाइमा रहेको नारा लेकको हिउँ पन्छाइएको हो । कर्णाली […]