२०८३ कार्तिक १२ गते
×

Now Playing

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज, ११ कार्तिक । कोहलपुर नगरपालिका–११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल बस्नेत यतिबेला पान खेतीमा व्यस्त छन् । उनले पाँच वर्षअघि एउटा मीठा पानको बिरुवा रोपेर खेती सुरु गरेका थिए । अहिले उनको घरमा पानको लहरा करिब तीन धुर क्षेत्रफलमा फैलिएको छ । सामान्य हेरचाह, कम्पोस्ट मल र पानीको प्रयोगबाट पात उत्पादन भइरहेको उनले […]

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, ११  कार्तिक ।  सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न थालेको छ ।  छोटो उकालो यात्रा अनि रोमाञ्चक दृश्यावलोकनले आन्तरिक तथा बाह्य पर्यटकका लागि सो क्षेत्र पर्यटकीय आर्कषण थलो बनेको हो । उक्त स्थान राप्तीसोनारी गाउँपालिका–७ मा पर्छ । पदयात्राकाका क्रममा पर्यटकले त्यहाँ रहेका झरना, गुफालगायत नेपालगञ्ज, नरैनापुर र भारतका विभिन्न सहरका दृश्यावलोकन […]

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर, ११  कार्तिक ।  सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक अवलोकन गर्न आउने क्रम वृद्धि भएको पाइएको छ । मुलुक चाडपर्वमय भइरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण गर्नेको सङ्ख्या बढेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर विक्रम चौधरीले जानकारी दिए । करिब ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज विश्वमै […]

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा, ११  कार्तिक ।  जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल निर्माण गरिए पनि अझै सञ्चालनमा आएको छैन । स्थानीय खप्तड छेडेदह गाउँपालिका ३ र बूढीगङ्गा नगरपालिका–४ को बीचको त्यस खोलामा दुई वर्षमा निर्माण गरी सक्नुपर्ने पुल १० वर्षमा निर्माण भएको थियो । खप्तड छेडेदह–३ का स्थानीय रामबहादुर रावतका अनुसार अहिले पुल निर्माण […]

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा 

कञ्चनपुर, ११  कार्तिक । ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ सवारीसाधन कारबाहीमा परेका छन् ।  एक महिनाको अवधिमा  कारबाहीमा  परेकाबाट प्रहरीले ३३ लाख ८६ हजार ५०० रकम राजश्व सङ्कलन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका  प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । उनका अनुसार असोजमा सुदूरपश्चिममा २३५ वटा सवारी दुर्घटना भएका थिए । जसमा […]

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

दाङ ,११ कार्तिक । बंगालको खाडीमा विकसित ‘अर्नाव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको जोखिम बढ्ने सम्भावना रहेको भन्दै प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून तथा यातायात मन्त्रालयलेसार्वजनिक गरेको सूचनाअनुसार कात्तिक १३ र १४ गते रुकुम पूर्व, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, […]

एनपीएलको उत्साह :घण्टाघर डबलीमा लाइभ  स्किृनमा झुम्दै क्रिकेट पारखी

ओम शाही सुर्खेत, ११ कार्तिक । कालीकोट घर भई अध्ययनको शिलशिलामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातापानी बस्दै आएका जगदिश शाही मंगलबार (१० कार्तिक) साँझ घण्टाघर डबलीमा भेटिए । वीरेन्द्रनगर–६ स्थित घण्टाघर डबली, जहाँ अहिले क्रिकेटको महाकुम्भ चलिरहेको छ । क्रिकेटका पारखी उनी सोमबार (९ कार्तिक) देखि सुरु भएको क्रिकेटको सर्वाधिक ठुलो प्रतियोगिता नेपाल […]

भोटेकोशी बाढी–विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

श्रीराम न्यौपाने  गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍यायो । नेपालको मात्र नभई विश्वकै प्राकृतिक विपद्को इतिहासमा यस विपद्लाई विशिष्ट खालको अकल्पनीय र अप्रत्यासित घटनाको रुपमा लिन सकिन्छ । झण्डै १८८ किमी प्रतिघण्टाको दरमा आएको यस बाढीमा दुई करोड घनमिटर अर्थात् […]

सम्पादकीय :  माथिल्लो कर्णालीमा काम देखियोस्‌

झन्डै दुई दशकदेखि चर्चामा रहेको नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना अझै निर्माणको सुनिश्चित चरणमा पुग्न सकेको छैन । लगानी जुटाउने, समयसीमा थप्ने र कानुनी विवाद सुल्झाउने प्रक्रियामै लामो समय बितेको आयोजना अघि बढाउन लगानी बोर्डले पछिल्लो पटक सहजीकरण गर्ने निर्णय गरेको छ । अब पनि आयोजना कागजी प्रक्रियामै सीमित रहे सरकारको निर्णय […]

मध्यपश्चिम विश्वविद्यालयका दुई आङ्गिक क्याम्पसमा उपकुलपति सुवालद्वारा अनुगमन

सुर्खेत ,१० कार्तिक । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति इन्जिनियर डा. राजन सुवालले विश्वविद्यालयअन्तर्गतका दुई आङ्गिक क्याम्पसको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। उहाँले कात्तिक ६ देखि ८ गतेसम्म कालीकोटस्थित तिला कर्णाली बहुमुखी क्याम्पस र मुगुस्थित रारा बहुमुखी क्याम्पसको भ्रमण गरी त्यहाँको शैक्षिक अवस्था, भौतिक पूर्वाधार र प्रशासनिक गतिविधिबारे जानकारी लिनुभएको हो। अनुगमन भ्रमणका क्रममा उपकुलपति सुवालले दुवै […]

भलिबलबाट दुर्गम सिंजा चिनाउने प्रयास

गोल्डेन बुढा  जुम्ला ,१० कार्तिक । जुम्लाको सिंजा गाउँपालिका–६ स्थित दुर्गम बस्ती जोडुलाई खेलकुदका माध्यमबाट चिनाउने उद्देश्यले पहिलोपटक भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। रेभोलुसन युथ क्लबको आयोजनामा कात्तिक १३ गतेदेखि माध्यमिक विद्यालय जोडुमा प्रतियोगिता सञ्चालन हुने भएको हो।दुर्गम बस्तीको पहिचान राष्ट्रियस्तरमा स्थापित गर्ने र युवाको खेल प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको […]

एनपीएलमा आज २ खेल : चितवन र विराटनगर तथा जनकपुर र कर्णाली भिड्दै

काठमाडौं,१० कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुईवटा खेल हुँदै छ । आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन् । विराटनगर र चितवनबीचको खेल दिउँसो १२ः३० बजे हुनेछ भने कर्णाली र जनकपुरबीचको खेल साँझ ५ बजेबाट सुरु हुनेछ । दुवै खेल कीर्तिपुरस्थित […]

बाँकेमा एचआईभी सङ्क्रमित २९ प्रतिशत उपचारको पहुँचबाहिर

बाँके ,९ कार्तिक । बाँकेमा एचआईभी सङ्क्रमण पुष्टि भएका व्यक्तिमध्ये उल्लेख्य सङ्ख्या उपचारको पहुँचबाहिर रहेको पाइएको छ। गत आर्थिक वर्षमा एचआईभी सङ्क्रमण पुष्टि भएका एक सय जनामध्ये २९ जना उपचारको पहुँचमा नआएको एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) ले जनाएको छ। फाउन्डेसनका अनुसार सङ्क्रमण पुष्टि भएपछि पनि उपचार सुरु नगर्ने तथा उपचारकै क्रममा स्वास्थ्य संस्थाको सम्पर्कबाट बाहिरिने […]