छिन्चु–जाजरकोट सडक नालीमा शव भेटियाे

दुर्गा विसी
सल्लीबजार, ९ असोज ।
छिन्चु–जाजरकोट सडक खण्डको सडक नालीमा एक जना पुरुष मृत फेला परेका छन् । वनगाड कुपिण्डे नगरपालिका वडा नं. १ निवासी बर्ष ४५ का दिपक कामीको शव भेटिएको प्रहरीले जनाएको छ । मंगलबार (आज) विहान भिरबाट लडेर ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ बालुवासंग्रही नजिकै अम्राका अन्दाजी ४५ वर्षीय दिपक कामीको मंगलबार बिहान घाँस काट्ने क्रममा भीरबाट खसेर मृत्युु भएको हुन सक्ने अनुमान छ। बिहान साढे ६ बजे उनी घरदेखि केही भाग तल घाँस काट्न गएका थिए । घाँस काट्ने क्रममा भीरबाट चिप्लिएर भेरी करिडोर सडकमा खसी उनको घटनास्थलमै ज्यान गएको स्थानीयहरुले बताएका छन् ।

अहिले घटनास्थलमा प्रहरी चौकी बालुवासंग्रही र इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी टोली पुगेको छ । करिव १ सय मिटर तल छिन्चु जाजरकोट सडक खण्डको नालिमा खसेको अवस्था प्रहरीले शव फेला पारेको जनाएको छ । वालुसंग्रहीदेखि अगाडिको टाकुरा भिरबाट खसेको हुन सक्ने अनुमान गरिएको छ । विक मंगलबार विहानै घाँस काट्न गएको परिवारले जनाएका छन् ।

छिन्चु–जाजरकोट सडक नालीमा शव भेटियाे

सुर्खेत आउँदै गरेको बस दुर्घटनामा, २५ यात्रु

छिन्चु–जाजरकोट सडक नालीमा शव भेटियाे

बस दुर्घटनामा आन्दोलनबाट फर्किएका शिक्षक नेता घाइते