सुर्खेत आउँदै गरेको बस दुर्घटनामा, २५ यात्रु घाइते

सुर्खेत, ९ असोज ।
काठमाडौंबाट सुर्खेत आउँदै गरेको सार्वजनिक बस दाङमा दुर्घटना भएको छ । दुर्घटनामा परी बसमा सवारी २५ बढी यात्रु घाइते छन् । पूर्व पश्चिम राजमार्गको लमही नगरपालिका–९ शिवखोलामा काठमाडौंबाट सुर्खेत आँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख०३६२ नम्बरको यात्रु बाहक बस घुर्टनामा परेको थियो ।

दुर्घटनामा परी २५ जना भन्दा बढि यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिए । बसका ४५ जना यात्रु सवार थिए । घाइतेहरुको उद्दार गरेर उपचारको लागि पठाइएको, घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको दाङका प्रहरी प्रवक्ता डिएसपी मल्लले जानकारी दिए ।

शिक्षकहरूको काठमाण्डौं केन्द्रीत सडक आन्दोलनमा सहभागी भएर जिल्ला फर्किदै गर्दा नेपाल शिक्षक संघ कर्णाली प्रदेश कार्यसमितिका बरिष्ठ उपाध्यक्ष मक्क बुढाक्षेत्री र चिङघाट गाउँपालिका कार्यसमिति अध्यक्ष जगतजंग राना लगायतका शिक्षकहरु घाइते भएको जनाइएको छ ।

सुर्खेत आउँदै गरेको बस दुर्घटनामा, २५ यात्रु घाइते

तीन महिनाको अवधिमा १८ करोड बढीको तरकारी

सुर्खेत आउँदै गरेको बस दुर्घटनामा, २५ यात्रु घाइते

छिन्चु–जाजरकोट सडक नालीमा शव भेटियाे