११ महिनापछि लिमीमा पुग्यो खाद्यान्न

हुम्ला ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा ११ महिनापछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न पुगेको छ । काठमाडौंदेखि केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सा पुगेको खाद्यान्न लिमिका तीन वटै गाउँमा ढुवानी गरिएको हो ।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले ११ महिनापछि लिमीमा लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न पुगेको जानकारी दिए ।
यस अघि ०७९ कात्तिकमा लिमिटेडको दुई सय क्विन्टल खाद्यान्न सिमकोटबाट लगिएको थियो ।

निकै प्रयासपछि हिल्सामा आइपुगेको नाम्खा गाउँपालिकाको एक हजार क्विन्टल खाद्यान्नमध्ये लिमीका तीन गाउँका लागि छुट्ट्याइएको खाद्यान्न आफूले बुझेर गाउँमा ढुवानी गरिएको हो ।

लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले लिमीका तीन गाउँका लागि एक सय ७० क्विन्टल खाद्यान्न ढुवानी गरेर पठाइएको बताए ।

उनले लिमी पठाइएको खाद्यान्नमध्ये ५० क्विन्टल तिल गाउँका स्थानीयका लागि हिल्सामा बुझाएर गाउँ पुगिसकेको र हल्जी र जाङ गाउँका लागि भने अहिले खाद्यान्न पुगेको छ ।

गाउँमा पुगेको खाद्यान्न गाउँवासीको उपस्थितिमा वितरण गरिनेछ । यी दुई गाउँमा पठाएको खाद्यान्नमध्ये गाउँपालिका केन्द्र याल्वाङसम्म लिमिटेडले ढुवानी गरेको र केन्द्रमा लिमीसम्मको ढुवानी स्थानीयवासीले नै तिरेका हुन् ।

नाम्खा गाउँपालिकाका लागि छुट्याएको बाँकी खाद्यान्न भने अन्य पाँच वटा वडाका बासिन्दालाई वितरण गरिनेछ ।

११ महिनापछि लिमीमा पुग्यो खाद्यान्न

दक्षिण कोरियामा काँक्रेविहार सांगीतिक साँझ हुँदै, ३

११ महिनापछि लिमीमा पुग्यो खाद्यान्न

१० लाख पूँजिसम्मका व्यवसाय वीरेन्द्रनगरमै दर्ता हुने