लत्रिएको तारबाट करेन्ट लागेका युवकको हात काट्नुपर्यो

सुर्खेत  ।
दैलेखको गुराँस गाउँपालिका–३ का रेशम विक करेन्ट लागेर थला परेका सात दिन भयो । असोज १ गते गोठाला गएका समयमा भुईमा लत्रिएको विद्युतको तारबाट रेशमलाई करेन्ट लागेको थियो ।

विहान ११ बजेको समयमा रेशम र उनका अर्का एक साथी घर नजिक रहेको निउके डाडाँमा बाख्रा चराउनका गएका थिए । त्यसैबेला रेशमलाई लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लागेको थियो ।

करेन्ट लागेपछि रेशमलाई उनका साथीले बोकेर घरसम्म पु¥याएका थिए । १८ वर्षिय रेशमको अहिले प्रदेश अस्पताल, सुर्खेतमा उपचारलागि ल्याइएको छ । तर करेन्ट लागेको हातको शल्यक्रिया तथा उपचारको लागि आर्थिक अभाव रहेको उनका आफन्तहरुले बताएका छन् ।
गुराँस गाउँपालिकामा यस अघि पनि यस्ताखाले घटनाहरु घटेको गुराँस गाउँपालिका–४ का स्थानीय विक्रमकुमार विकको भनाई छ । पारिवारिक आर्थिक अवस्थाका कारण रेशमको उपचारमा समस्या भएको उनले बताए ।

‘यस्तो बेलामा पालिकाले हेर्नुपर्ने हो तर पालिका पनि थाहा नपाए जस्तै गरी बसेको छ । पहिले एक पटक यस्तो घटना घटेको हो फेरी पनि यो घटना घटेको छ । नदोहारीएला भन्न सकिन्न’, उनले भने । गुराँस गाउपालिका–३ को लापरवाहिले गर्दा यस्तो घटना घटेको उनको आरोप छ ।

यता गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले भने यस घटनाबारे यसअघि जानकारी नपाएको बताए । आफु पालिका बाहिर भएको र शनिवार मात्र आएपछि घटनाका वारेमा जानकारी पाएको उनले बताए ।

आइतवार गाउँपालिकाका उपाध्यक्ष शिवा कुमारी खड्का घाइते रेशमको उपचारका लागि प्रदेश अस्पताल आईपुगेकी थिइन् । विद्युतको तारहरु व्यवस्थित गर्नको लागि कर्मचारी खटाइसकिएको गाउँपालिका अध्यक्ष विसीले जानकारी दिए ।

कार्यालयमा कर्मचारी अभाव रहेको कारण मर्मतमा ढिलाई हुने गरेको उनले जनाए । घटनावारे थप छलफल र अनुसन्धान गरी यस्ता घटना निम्तिन नदिन पहल गर्ने उनले बताएका छन् ।

आइतवार प्रदेश अस्पतालमा भएको शल्यक्रिया मार्फत रेशमको दाया हात काटेर फालिएको छ । करेट लागेको उक्त हातको उपचार सम्भव नभएपछि हात काट्नुपरेको रेशमका दिदि धनिसरा कुँवरले जानकारी दिइन् ।

लत्रिएको तारबाट करेन्ट लागेका युवकको हात काट्नुपर्यो

घरेलु हिंसा सहँदै गयो गीताको ज्यान

लत्रिएको तारबाट करेन्ट लागेका युवकको हात काट्नुपर्यो

चौकुनेका ५४२ जनालाई लालपुर्जा वितरणको तयारी (विवरणसहित)