गण्डकी प्रदेशकाे वन रक्षक पदमा ५५ जना कोटा, कर्णालीकै ४५ जना जागिरमा सिफारिस

सुर्खेत ।
गण्डकी प्रदेश लोक सेवा आयोगले प्रदेश वन सेवा, वन रक्षक पदमा जागिरका लागि दरखास्त अाव्हान गरेकाे थियाे । अन्तरवार्ताका लागि सिफारिस ७४ जना उम्मेदवारहरु मध्ये खुल्ला प्रतिस्पर्धाबाट भएकाे उक्त परीक्षामा ५५ जना अन्तिम नतिजामा उत्तिर्ण भएर सिफारिस भएका छन् । जसमा ४५ जना उम्मेदवार कर्णाली प्रदेशका उतिर्ण भएर प्रदेश सेवामा सिफारिस भएका छन् । कर्णाली प्रदेशका १० वटै जिल्लाका स्थानीय युवाहरुकाे एकै पटक एउटै परिक्षाबाट गण्डकी प्रदेश पुगेर ठुलाे सख्यामा उत्तिर्ण भएर रेकर्ड कायम गरेका हुन ।
सिफारिस हुनेमा सुर्खेतका दुई जना, दैलेखका एक जना, कालिकोटका चार जना, जाजरकोटका सात जना, जुम्लाका १४ जना , रुकुम पश्चिमका १४ जना, मुगुका आठ जना सिफारिस भएकाे प्रदेश लाेकसेवा अायाेग गण्डकी प्रदेशबाट जारी अन्तिम नतिजा सिफारिसमा उल्लेख गरिएकाे छ ।









