सडक नबनेपछि धान राेप्दै स्थानीय

राज्य श्वोर मल्ल/मुगु ।नाग्म–गमगढी सडक अन्तर्गत पर्ने मुगुको सदरमुकाम गमगढी न्यूरोड सडक हिलाम्मे हुँदा नागरिकलाई आवतजावतमा समस्या भएको छ ।


सडकको स्तरोन्नतीको जिम्मा पाएको विकास श्रेय जेभिले समयमै काम गर्न नसक्दा यो सडक बर्षातमा हिलो हिउँदमा धुलाम्य हुने गरेको छ । पटक–पटक सडक निर्माणको काम सम्पन्न गर्न ताकेता गर्दा पनि सम्बन्धित निकायले चासो नदिएपछि स्थानीयले विरोधस्वरुप सडकमै धान रोपेका हुन् ।

सडक डिभिजन कार्यालय जुम्लामार्फत ९ करोड ६० लाख २४ हजार ९ सय ५४ रुपैयाँमा गमगढी बजार न्युरोड सडकको नालासहित स्तरोन्नतीका लागि २०७८ मंसिरमा बिकासश्रेय जेभिलाई निर्माणको जिम्मा दिइएको थियो । कम्पनीले पहिलो. वर्ष कामै गरेन भने हाल म्याद थपेर काम गरिरहेको छ ।

हरेक बर्ष सडक डिभिजन कार्यालय जुम्लाले सडक निमार्णमा करोडौं बजेट विनियोजत गर्ने गरेको छ । करोडौं लगानी हुँदा पनि सडकको अवस्था भने उस्तै छ ।

सडक नबनेपछि धान राेप्दै स्थानीय

बाफिकोट गाउँपालिकाका दुई वडाले मोटरसाइकल नलिने

सडक नबनेपछि धान राेप्दै स्थानीय

पाठ्यपुस्तकका बिल बोकेर विद्यार्थी आन्दोलित

Leave a comment

Your email address will not be published. Required fields are marked *