माओवादि र एमालेका थुप्रै कार्यकर्ता कांग्रेस प्रवेश
दुर्गा विसिरकार्तिक,१३ : एमालेको नगर अधिवेशन हुदै गर्दा थुप्रै कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।नेकपा माओवादि केन्द्रबाट ५ र बाँकी ७ जनाले एमाले छोडि कांग्रेस पार्टीको सदस्यता लिएका छन् ।माओवादि केन्द्र र एमालेलाई ठुलो धक्का लागेको छ ।पार्टीका वफादार,ईमानदार कार्यकर्ताहरु पाखा लाग्न सुरु गरेका छन् ।
नेकपा एमालेले प्रथम नगर अधिवेशन गृनपिस प्यालेस होटलमा गर्दै गर्दा पुर्णिामा होटल गैलिवजारमा कांग्रेस प्रवेश गर्ने कार्यकर्ताहरुको ताँती लागेको थियोे ।
विरवल पोख्रेल माआवादि केन्द्र,मोहलाल साहु समाजवादी, पुष्कर कामी माओवादि,लोकेन्द्र विक माओवादि,,सुववहादुर विष्ट माओ वादि,नेत्रलाल सुनार राप्रपा,दुर्घेस खड्का एमाले,रमेश परियार माओवादि,शिव माझी एमाले,सुरेस खड्का एमाले,सवीर हास्विन एमाले,अर्जुन शाहि एमाले गरि १२ जनाले नेपाली कांग्रेस प्रवेश गरेका छन्।
कम्युनिस्टका कार्यकर्तालाई पार्टीमा स्वागतका लागि नेपाली कांग्रेसका केन्द्र तथा जिल्ला तहका नेताहरु ताँती लागेर सल्यान पश्चिम पुगेका थिए ।नेताहरुमा डिल्लीराज रेग्मी,एकराज डाँगी,धुर्वराज पुरी,सुरेस अधिकारी,नगर सभापति पुरुषोतम आचार्य,दिपेन्द्र विष्ट लगाएतका नेताहरुले नव प्रवेशिलाइ अविर,खादा मालाले स्वागत गर्दै चारतारे झण्डाको छाहारिमा स्वागत गरेका छन् ।





