हत्याको आरोपमा एक पक्राउ

कैलाली : कैलालीमा  हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका–३ ठेकीपुरका १८ वर्र्षीय किरण साउँद रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार गए राति साउँद र टीकापुर नगरपालिका–८ कालीमाटीका अनुप साउँदबीच कालीमाटीमा वादविवाद भएको थियो ।

सो क्रममा झगडा हुँदा किरणले अनुपलाई धारिलो हतियार ९चक्कु० प्रहार गरी घाइते बनाएका थिए । घाइते अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । किरणलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ ।

 हत्याको आरोपमा एक पक्राउ

 सुर्खेत बागीनाको अध्यक्षमा : गुरुङ्ग

 हत्याको आरोपमा एक पक्राउ

‘काँक्रेविहार गोल्डकप’ चौथो दिनको खेल सुरू

Leave a comment

Your email address will not be published. Required fields are marked *