२०८३ असार २ गते
×

Now Playing

 सुर्खेत बागीनाको अध्यक्षमा : गुरुङ्ग

सुर्खेत । सुर्खेतको बागीना समूहको अध्यक्षमा कलाकार डिलबहादुर गुरुङ्ग चयन भएका छन् ।

शनिबार नेपालकै प्रसिद्ध साँस्कृतिक संस्थाको रुपमा रहेको सुर्खेतको बागीना समूहको नयाँ कार्यसमिति कलाकार डिलबहादुर गुरुङ्गको अध्यक्षतामा ९ सदस्सीय सर्वसम्मत चयन भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा कलाकार जरमायाँ बाठा, सचिव भानुभक्त अधिकारी, सह–सचिव ज्ञानबहादुर नेपाली, कोषाध्यक्षमा मिलन सुवेदी चयन भएका छन् । त्यस्तै संस्थाका सदस्यहरुमा सुन्दरमान श्रेष्ठ, सीता भण्डारी, खिम बस्याल, मनु मन्दिर, शेरबहादुर गाइने र प्रकाश शाही रहेका छन् ।

बरिष्ठ कलाकार तथा सल्लाहकारहरु भिमबहादुर कार्की, गंगाबहादुर के।सी।, प्रेमदेव गिरी लगायतको सल्लाहमा कलाकारले नयाँ कार्यसमिति चयन गरेको पूर्व अध्यक्ष गोविन्द कोइरालाले बताए ।

 सुर्खेत बागीनाको अध्यक्षमा : गुरुङ्ग

बाँकेमा चितुवाको छालासहित ३ जना पक्राउ

 सुर्खेत बागीनाको अध्यक्षमा : गुरुङ्ग

 हत्याको आरोपमा एक पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *