पनामाको नाइट क्लबमा गोली चल्दा ५ जनाको मृत्यु

पनामा सिटीको एक नाइट क्लबमा स्थानीय गिरोहहरूबीच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

पनामाका राष्ट्रिय प्रहरी आयुक्त रिकोर्टे डे ला एस्पाडाले ट्वीटरमा उल्लेख गरेअनुसार आज बिहान एस्पेसियो पानामा नाइट क्लबमा दुर्भाग्यपूर्ण घटनाहरू भएका थिए ।

जसमा पाँच व्यक्तिको मृत्यु भएको थियो र ६ जना घाइते भएका थिए। घटनाहरू आपराधिक गिरोहहरू बीचको भिडन्तको परिणाम भएको जनाइएको छ। प्रहरीले यसअघि नै दुई जनालाई पक्राउ गरिसकेको छ र क्लबमा भएको घटनासँग जोडिएको कार र हतियार बरामद गरेको छ।

पनामाको नाइट क्लबमा गोली चल्दा ५ जनाको मृत्यु

एसियन सेन्ट्रल जोन भलिबलमा नेपालले सहभागिता जनाउने

पनामाको नाइट क्लबमा गोली चल्दा ५ जनाको मृत्यु

YUGAAWHAN NATIONAL DAILY (2078-7-13)

Leave a comment

Your email address will not be published. Required fields are marked *