दैलेखबाट सुत्केरीको उद्धार

दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका–९ को दुर्गम गाउँ छेपाडीकी २५ बर्षीया जुना विकलाई मंगलवार विहानदेखि सुत्केरी व्यथाले च्याप्यो ।

लगत्तै परिवार र आफन्तहरुले गाउँमै रहेको बर्थीङ सेन्टरमा पु¥याए । मंगलवार दिउँसो २ बजेतिरै जुनाले दोस्रो सन्तानको रुपमा छोरा जन्माइन् । नर्मल डेलिभरीमार्फत छोरा जन्मिएको दुई घण्टापछि रक्तस्राव सुरु भयो ।

सुत्केरी भएपछि अत्याधिक रक्तस्राव भएसँगै ज्यान जोखिममा पर्ने डरले जुनाका आफन्तहरु आत्तिए । आफन्तले जिल्ला प्रशासन कार्यालय दैलेख, कर्णाली प्रदेश सरकारसँग गुहार मागे । तर मौसम खराबीका कारण उनको उद्धार हुने सकेन ।

हेलिकोप्टरमार्फत उद्धार हुन नसकेपछि जुनाका आफन्तले तीन घण्टा टाढा रहेको ठाटीकाँध गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा स्टेचरमा बोकेर पु¥याए । उनको सोही केन्द्रमा उपचार थालियो ।

रक्तस्राव भएर सिकिस्त बनेकी जुनाको २० घण्टापछि बुधवार दिउँसो १२ बजे उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखको पहलमा जुनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार थालिएको छ ।

दैलेखबाट सुत्केरीको उद्धार

हेलिकोप्टर चार्टर गरेर स्कुलको भवन उद्घाटन

दैलेखबाट सुत्केरीको उद्धार

त्रिविमा अब ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषय

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!