सिम्तामा दोस्रोपटक किसानलाई मुर्रा जातका भैंसी वितरण

दुर्गा विसि

सल्यान । सुर्खेत सिम्ता गाउँपालिकाले किसानलाई दोस्रोपटक मुर्रा जातका भैंसी वितरण गरेको छ । दुहुना २० भैंसी किसानलाई वितरण गरेको छ ।५० हजार किसानकाे र ५० हजार गाउँपालिकाकाे अनुदानमा उक्त मुर्रा जातका भैंसी दिएको छ । दुहुनो भैंसी पाए पाछि किसान खुसि वनेका छन् ।
यश अघि पनि भैंसी व्यावसायिकतामा अग्रसर किसान मानाेज पोख्रेलले भने अनुदानमा भैंसी पाउँदा निकै खुसि व्यक्त गरे । अघिल्लो वर्ष समेत प्रदेश सरकारकाे अनुदानमा ५५ घरधुरी किसानलाई ५५ वटा भैंसी वितरण गरिएको थियोे । उक्त भैंसी भने केही किसानले पालि रहेका छन् भने एकथाेर किसानले विधान लत्याउँदै सम्झौता वेगर बिक्रीवितरण गरेको समेत खुलेको छ ।
अनुदानमा पाएको भैंसी बिक्रीवितरण गर्न नमिल्ने पशु स्वास्थ विकास शाखाका प्रमुख दिलवहादुर पुनकाे भनाइ रहेको छ । ती भैंसी प्रदेश सरकारकाे अनुदानमा तामाचुलि सहकारी संस्था मार्फत आएका थिए ।याे पटक भने दुग्ध उत्पादन वृद्धि गर्ने र किसानकाे आए आर्जनमा टेवा उदेश्यले किसानलाई भैंसी वितरण गरिएको शाखा प्रमुख पुनकाे भनाइ रहेको छ ।
वादेपिपल भैंसी पालन समूह र गाउँपालिकाकाे साझेदारीमा वडा नं ६ का किसानलाई आज भैंसी वितरण कार्यक्रम आयाेजना गरिएको थियोे । करिव १ लाख मूल्य पर्ने मुर्रा जातका भैंसी पाए पछि २० घरधुरीका किसान निकै हर्शित भैइ भैंसी आ-आफ्नाे घर्ती लिएर गए ।
जनतासँग सिम्ता गाउपालिका कार्यक्रम अन्तर्गत नागरिकको अाय अार्जन वृद्धि गर्ने उदेश्य बादेपिपल भैंसी पालन समुहका २० जना सदस्यलाई गाउँपालिकाकाे ५० हजार(प्रति व्यक्ति) र समुहको साझेदारीमा २० वटा उन्नत जातको भैंसी वितरण कार्यक्रम उपाध्यक्ष चन्द्रकला शाही र पशु शाखा प्रमुख दिल बहादुर पुन मार्फत उक्त मुर्रा क्रस जातका भैंसी वितरण गरिएको थियो ।






