२०८३ जेष्ठ ३० गते
×

Now Playing

माधव नेपालमाथि खनिए ओली, लगाए यस्ता लाञ्छना

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालमाथि खनिएका छन्। सोमबार मदन भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमाथि अनेक आरोप लगाए।

माधव नेपाल कांग्रेसको कार्यकर्ता बनेर हिँडेको, कांग्रेस प्रवेश गर्न तत्पर रहेको, प्रचण्डको पुच्छर बनेको, अनुशासनहीन काम गरेको आदि अनेक आरोप लगाए।

माधव नेपाल प्रशंसाको भोको रहेको र माओवादी अध्यक्ष प्रचण्डले उनको कानमा चिनी हालिदिएको टिप्पणी ओलीले गरे। ‘उहाँ प्रचण्डकहाँ किन जानुहुन्छ किन भनेको त प्रचण्डले उनलाई कानमा चिनी हाल्दिएका छन्,’ ओलीले भने।

नेता नेपालले मदन भण्डारीको नामै लिन छाडेको बताउँदै ओलीले यसपल्ट चाहिँ कार्यकर्ता अल्मल्याउन वक्तव्य निकालेको आरोप लगाए। प्रधानमन्त्री ओलीले नेता नेपालले जहिले पनि मदन भण्डारीको राम्रा कुरामात्र होइन, नराम्रा कुराको पनि खोजी गर्नुपर्ने बताउने गरेकाले पनि उनको नियत प्रष्ट हुने बताए।

माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन आफूले प्रस्ताव नगरेको पनि ओलीले प्रस्ट पारे। उनले भने, ‘माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बौलाहा कुकुरले टोकेको छ र? कोही मानिस नपाएर मैले माधव नेपाललाई प्रस्ताव राखौंला र? कहिले अध्यक्ष त कहिले प्रधानमन्त्री राखेको छ भनेर हिँडिरहेका छन्। मलाई बौलाहा कुकुरले टोकेको छ र प्रचण्डका पुच्छर हुन पछाडि–पछाडि सँगै हुने व्यक्तिलाई प्रधानमन्त्री बनाउन।’

ओलीले प्रचण्डपथ नेपाली कांग्रेसको पनि मार्गदर्शक सिद्धान्त बनिसकेको उनले टिप्पणी गरे। ‘माधव नेपाल भन्ने एकजना मानिस छन्। कांग्रेसको पछि लागेका छन्। यस्तो लाजसरम पचेको मानिसको चर्चा सकारात्मक र नकारात्मक दुवै हुन्छ,’ उनले भने, ‘झुटको राजनीति कसरी गर्छन् भन्ने दुई तीन दिन अगाडि सुन्नुभयो होला मैले माधव नेपाल भन्ने व्यक्तिलाई मैले प्रस्ताव राखे भनेर उनले भनेर हिँडेका छन् रे।’

पार्टीलाई ध्वस्त बनाउने, कम्युनिष्ट आन्दोलन ध्वस्त बनाउने तर शेरबहादुर देउवालाई धोका नदिने कसम खाएर माधव नेपाल लागेको उनको आरोप छ। ‘उनी शेरबहादुर देउवाकै पार्टी ज्वाइन गर्न सक्छन्, कार्यकर्ता भएर हिँडेका छन्,’ उनले भने, ‘प्रचण्डको पार्टी ज्वाइन गर्ने त छँदै छन्। अन्तिममा हुने त त्यही हो।’

गएको शनिबार माधवकुमार नेपालले विपक्षी गठबन्धनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीको अफर गरेको बताएका थिए। पत्रकारहरुसँगको अन्तरक्रियामा नेता नेपालले प्रधानमन्त्रीको प्रस्ताव आए पनि आफूले गठबन्धनलाई धोका नदिने प्रस्ट पारेका थिए। ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आइसक्यो। तर म धोका दिने मान्छे हैन। सर्वोच्च अदालतमा गरेको हस्ताक्षर फिर्ता हुँदैन,’ उनले भनेका थिए।

प्रधानमन्त्री ओलीले नेपाललाई अराजक, अनुशासनहीन र इमान नभएको मानिस भन्दै कडा टिप्पणी गरे। ‘एमाले ध्वस्त पारेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने अनुशानहीन अराजक काम गर्ने। जुन आदर्शका लागि ढाँटेर भोट लिएर आए, त्यसैलाई तिलाञ्जली दिएर धन्दा गरिरहेका छन्,’ ओलीले भने।

नेपालले नयाँ राजनीति सुरु गरेर नयाँ विचार सुरु गरेको भए राजीनामा दिनुपर्ने बताए। नेपालले प्रचण्डका पछि कुद्ने काम गरिरहेको भन्दै उनले प्रचण्डलाई देश बनाउने कुनै चिन्ता नरहेको बताए।

माधव नेपालमाथि खनिए ओली, लगाए यस्ता लाञ्छना

सिम्तामा दोस्रोपटक किसानलाई मुर्रा जातका भैंसी वितरण

माधव नेपालमाथि खनिए ओली, लगाए यस्ता लाञ्छना

सरकारी पक्षको बहस नोट : विश्वासको मत

Leave a comment

Your email address will not be published. Required fields are marked *