गुराँसको नीति कार्यक्रमः तेस्राे लिङ्गीलाई मासिक दुइ हजार भत्ता

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाले तेस्रो लिङ्गीलाई मासिक भत्ता दिने भएको छ । आर्थिक बर्ष २०७८/०७९ को नीति कार्यक्रम मार्फत गाउँपालिले तेश्रो लिङ्गीलाई मासिक दुइ हजार भत्ता दिने घोषणा गरेको हो ।

आठौ गाउँसभामा प्रस्तुत नीति कार्यक्रममा गाउँपालिकाभित्र रहेका तेस्रो लिङ्गीहरु अझै समाजको मुलधारमा आउन नसकेको भन्दै भत्ताको व्यवस्था गरिएको उल्लेख छ । यस्तै ‘मेरो छोरी जीवन भरी’ नयाँ कार्यक्रम गाउँपालिकाले ल्याएको छ ।

जसमा एक वा दुइवटा छोरीमै परिवार नियोजन गर्नेलाई पाँच हजार प्रोत्साहन भत्ता दिने बताइएको छ । यसले छोरी माथीको विभेद कम हुने गाउँपालिकाको दाबी छ ।

गाउँपालिकाले आगाी आर्थिक वर्ष २०७८/०७९ का लागि ५५ करोड १७ लाख ५४ हजारको बजेट प्रस्तुत गरेको छ । नीति कार्यक्रम गाउँसभाबाट पारित भएको छ भने बजेटमाथीको छलफल असार २८ गते हुने गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिए ।

 

गुराँसको नीति कार्यक्रमः तेस्राे लिङ्गीलाई मासिक दुइ हजार भत्ता

एमालेका तीन सांसद फेरि निलम्बित

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!