कर्मचारीलाई योजनाको गुणस्तरमा ध्यानदिन मन्त्री श्रेष्ठको निर्देशन
सुर्खेत । कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री दिनबन्दु श्रेष्ठले योजनाको गुणस्तरमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालय अन्र्तगत रहेका जिल्ला कार्यालय प्रमुख, मन्त्रालय सचिव तथा योजना शाखा प्रमुख र कर्मचारीहरुसँग शुक्रबार भर्चुअल बैठक गर्दै मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन् ।
उनले १० वटै जिल्लामा निर्माणधिन योजनाको गुणस्तरमा ध्यान दिन दिर्नेशन दिएपछि कर्मचारीहरुले पनि सुझाबलाई सहज रुपले ग्रहण गरेका थिए । गत वर्षका आयोजनाको कार्यान्वयन अवस्था तथा अन्य विकास निर्माण सम्बन्धि जिल्लागत बस्तुस्थितीबारे जानकारी लिदै मन्त्री श्रेष्ठले असार मसान्तमै निर्माण कार्य सम्पन्न गरी प्रगति विवरण पेश गर्ने कार्य गलत भएको तर्क गरे ।
प्रदेशका १० वटै जिल्लामा संचालित जलस्रोत तथा उर्जा सम्बन्धिका योजना निर्माणमा हतारले बजेट सक्ने मात्र काम नगरी दिर्घकालिन योजना निर्माणका लागि गुणस्तरमा ध्यान दिन निर्देशन दिएका हुन् । अन्य समयमा विभिन्न कारणले योजना निर्माणमा ढिलाई गर्ने र असार मसान्तमा हतारले योजना निर्माण गर्ने कार्यले दिर्घकालिन विकासमा असर पर्ने भन्दै गुणस्तरमा ध्यान दिन उनको सुझाब छ ।
योजना निर्माणमा कर्मचारीहरुको महत्वपूर्ण भुमिका हुने भएकाले आफ्नो कार्यक्षेत्र अन्र्तगत रहेका सबै योजनाको गुणस्तरमा जोड दिन मन्त्री श्रेष्ठले कर्मचारीलाई अनुरोध गरेका हुन् । साथै उनले योजनाको गुणस्तरमा ध्यान दिनुपर्ने भन्दै त्यसमा कुनैपनि सम्झौता नहुने बताए ।
‘हतारमा काम गरेर असारमै भुत्तानी दिने प्रक्रियाको अन्त्य गर्नुपर्छ । अख्तियारी पाउनुसाथ टेण्डर प्रक्रियामा गएर कर्मचारीले समयमै कार्य सम्पादन गर्नेकुरामा ध्यान दिउँ’ मन्त्री श्रेष्ठले भने, ‘विकास निर्माण सम्बन्धिका योजनाहरु पनि जनमुखी हुन आवश्यक छ । वितरणमुखी भन्दा उत्पादनमुखी बजेट केन्द्रित गरिनुपर्छ । वित्तय अनुशासभित्र रहे योजना कार्यान्वयन गरौं ।’





