एमालेका तीन सांसद फेरि निलम्बित
सुर्खेत । एमालेका तीन जना सांसदहरु फेरि निलम्बनमा परेको छन् । सांसदहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा एक महिनाका लागि निलम्बनमा परेका हुन् ।
उनीहरुमध्य थापा भौतिक पूर्वाधार विकास तथा शहरी मन्त्री, शाही भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् ।
नेकपा एमाले संसदीय दलको निर्णय अनुसार उनीहरुलाई निलम्बितमा परेको सूचना प्रदेशसभा सचिवालयले जनाएको छ ।
‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको वैठकको निर्णयअनुसार माननीय अम्मरबहादुर थापा, माननीय कुर्मराज शाही, मानननीय नन्दसिंह बुढाले नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको निर्णयको पालना नगरेकोले एक महिनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्वित गरिएको भनि प्रदेश सभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोरोको सूचना सम्वन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।’
बैशाख ३ गते प्रकाश ज्वालासहित चार जनाले फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।
पार्टीको ह्विप विपरित मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि उनीहरुलाई निलम्बनमा परेका थिए । तर जेठ २६ गते सर्वाेच्च अदालतले पनुर्वहाली गरिदिएको थियो ।
पनुर्वहाली एमालेले मन्त्रीहरु सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो । तर मन्त्रीहरुले तत्काल सरकारबाट नबाहिरिने अडान लिंदै आएका थिए ।





