गीतले सम्झाइदिएको मरौटी

‘रमरम मरौटी
तिम्रो रुपै करौँती ।।’

युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ ।

भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ। हामीमध्ये पनि कतिपयलाई मरौटी के हो भन्ने जानकारी नहुन सक्छ या बिर्सिदिएका हुनसक्छौँ ।

गायक खेम सेञ्चुरी र गायिका अस्मिता अधिकारीले स्वर भरेका गीतले मरौटी शब्दलाई जुन ओजका साथ उछालेको छ, उति नै त्यो गुणकारी पनि छ। युट्युबमा सार्वजनिक भएको तीन सातामै ५० लाख भ्यूज कमाउन सफल गीतमा प्रयोग गरिएको मरौटी खासमा के हो तरु

स्वास्थ्य रक्षाका लागि क्रियाशील आयुर्वेद समाजका अध्यक्ष रमाकान्त सापकोटाका अनुसार मरौटीको पञ्चाङ्ग नै ९जरा, डाँठ, पात, फल र फूल० आयुर्वेदिक आषैधिमा प्रयोग हुन्छ। मरौटीलाई जनबोलीमा मरहट्टि र भुइँ टिमुरसमेत भनेर चिनिने गरेको उनले सुनाए ।

‘मरौटी हल्का पिरो, टर्रो र रमरम स्वादको हुन्छ’, सापकोटाले भने, ‘महाराष्ट्रिय सोरसलगायत आयुर्वेदिक औषधिमा यसको प्रयोग हुन्छ ।’

खोकी, शरीर, दाँत दुखाइ, मुखमा घाउ, खटिरा आउने जस्ता समस्यामा मरौटीको प्रयोग लाभदायी हुने सापकोटाको भनाइ छ । स्वासप्रस्वास र पाचन प्रणालीलाई पनि मरौटीबाट बनेको आयुर्वेदजन्य औषधिले फाइदा गर्ने उनले बताए। घरगाउँमा पेट, दाँत दुख्दा, अपच हुँदा र रुघाखोकी लाग्दा मरौटी खाने चलन छ ।

सामुदायिक वन उपभोक्ता महासंघ बाग्लुङका अध्यक्ष राज थापाले मरौटी बहुउपयोगी वनस्पति भएको बताए। ‘औषधि र मसलाजन्य दुवै गुण मरौटीमा पाइन्छ’, उनले भने, ‘खाना स्वादिष्ट बनाउन भान्सामा पनि यसको प्रयोग हुन्छ ।’

अचार र चटनीमा राख्दा मरौटीले अझ बढी स्वाद थप्छ। आयुर्वेदको तयारी औषधिबाहेक घरायसी विधिबाट पनि मरौटीको प्रयोग गर्न सकिन्छ। झोल बनाएर खान सकिने र शरीर दुखाइमा पात÷जरा दलेर पनि घरेलु उपचार गर्न सकिने आयुर्वेद चिकित्सक बताउँछन्। व्यावसायिक खेती नभएकाले ग्रामीण भेगमा फाटफुट्ट मात्र मरौटीको वनस्पति भेटिने गरेको थापाको भनाइ छ। उहाँले जङ्गलमा पाइने मरौटीलाई ‘वन मरौटी’ भन्ने गरिएको बताए । त्यो घरमा हुनेभन्दा केही मसिनो हुन्छ । आयुर्वेदीय गुण भने त्यसमा पनि उत्तिकै हुन्छ ।

मरौटी धेरै फलेमा टिपेर सुकाएर भण्डारण पनि गर्न सकिन्छ। झट्ट हेर्दा फूलझैँ देखिने मरौटीको फल सुकेर झरेपछि त्यसैबाट नयाँ बिरुवा पलाउँछ । मरौटीको व्यावसायिक खेती गर्न सके किसानको आयआर्जन बढ्ने धनवन्तरी स्वास्थ्य सहकारी संस्था लिका अध्यक्ष सापकोटाले बताउँछन् ।

खोजी र संरक्षण नभए मरौटी लोप भएर जाने खतरा रहेको उहाँको भनाइ छ। गुणकारी वनस्पति सम्झाइदिने गीत ‘रमरम मरौटी’ मा कलकार पूजा शर्मा र ओवी रायमाझीको अभिनय छ । तीन साताअघि ‘ओवी रायमाझी’ युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक भएको थियो ।

गीतले सम्झाइदिएको मरौटी

अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेताको मृत्यु

गीतले सम्झाइदिएको मरौटी

YUGAAWHAN NATIONAL DAILY (2078-7-06)

Leave a comment

Your email address will not be published. Required fields are marked *