अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेताको मृत्यु

अमेरिकी सैनिकको ड्रोन आक्रमणमा आतंकवादी संगठन अलकायदाका एक वरिष्ठ नेता मारिएका छन् । सिरियामा गरिएको आक्रमणमा अलकायदा नेता अब्दुल हमिद अल–मतरको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार संस्था अल जजिराले उल्लेख गरेको छ ।

अमेरिकी सेनाका मेजर जोन रिग्सबीले अलकायदाका नेताविरुद्धको कारबाहीमा आफूहरु सफल भएको बताएका छन् । ड्रोन आक्रमणबाट नेता अल–मतरको मृत्यु हुने बाहेक अन्य कुनै हताहतीको घटना नभएको अमेरिकी मध्य कमाण्ड प्रवक्तासमेत रहेका मेजर रिग्सबीले बताए ।

दक्षिणी सिरियामा अमेरिकी सैन्य क्याम्पमा भएको एक आक्रमणपछि अमेरिकाले कारबाही गरेको हो। गत सेप्टेम्बरमा पेन्टागनले विद्रोही नियन्त्रित उत्तर पश्चिमी सिरियामा आक्रमण गरेको थियो। जसमा अल–कायदाका अर्का वरिष्ठ नेता सलिम अबु–अहमदको मृत्यु भएको थियो ।

सिरियाको इदलिब र अलेप्पो सहरको ठूलो हिस्सा त्यहाँको सशस्त्र विपक्षी समूहको नियन्त्रणमा छ । जुन ठाउँमा कुनै समय अल कायदासँग जोडिएको हयात तहरिर अल–शाम समूहको नियन्त्रण थियो। सिरिया हाल एक जटिल युद्ध क्षेत्र बनेको छ । जहाँ अल–कायदा, आइएसआईएस भनिने इस्लामिक स्टेट अफ इराक एण्ड द लेभेन्ट, यी समूहसँग निकटता राख्ने विदेशी सैनिक, मिलिसिया तथा अन्य सशस्त्र समूहहरु सक्रिय छन्। सिरियामा सन् २०११ मा सुरु भएको युद्धपछि ५ लाखभन्दा बढी मानिस मारिएका छन् ।

अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेताको मृत्यु

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेताको मृत्यु

गीतले सम्झाइदिएको मरौटी

Leave a comment

Your email address will not be published. Required fields are marked *