न्यायिक कार्यहरुमा सक्रियता देखाउँदै दुल्लू नगरपालिका

दैलेख । दैलेखको दुल्लू नगरपालिकाले पछिल्ला दिनहरुमा न्यायीक कार्यहरुमा सक्रियता देखाउन थालेको छ । कतिपय स्थानीय तहहरु निर्वाचन भएको लामो समय बितिसक्दापनी न्युनतम कानुनहरु बनाई कार्यान्वयन गर्नमा अलमलमा परिरहेको अवस्थामा दुल्लू नगरपालिकाले आफ्ना न्यायिक गतिविधिहरुलाई निरन्तरता दिईरहेको छ ।

यसैबिचमा दुल्लू नगरपालिकाले स्थानीय तहमा आवश्यक पर्ने मेलमिलापकर्ताहरुका लागि २७ जना स्थानीय युवाहरुलाई मेलमिलापकर्तासम्बन्धी आधारभुत तालिम प्रदान गरेको छ ।

दुल्लू नगरपालिकाको आयोजना,सुशासन विकास प्रतिष्ठानको प्राविधिक सहयोग र जर्मन सहयोग नियोगको आर्थिक सहयोगमा उक्त तालिम सम्पन्न गरिएको हो । ८ दिनसम्म चलेको उक्त तालिम निकै नै फलदायी रहेको र यस तालिमबाट स्थानीय स्तरमा मेलमिलापकर्ताको अभाव नहुने तालिमका प्रशिक्षक तथा वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्मा भुषालले जानकारी गराउनु भयो ।

यसै अवधिमा दुल्लू नगरपालिकाको आयोजना तथा नेपाल कानुन समाजको सहयोगमा स्थानीय तहमा कानुन निर्माण र अभ्यास सम्बन्धी ३ दिने तालिम समेत सम्पन्न भएको छ । १३ वटै वडाका वडाअध्यक्ष,कार्यपालिका सदस्य,विधायन समितिका सदस्यहरु,नगरपालिकाका विषयगत शाखाका प्रतिनिधिहरु सहभागी रहेको उक्त तालिममा कानुन निर्माणका सैद्दान्तीक पक्ष,व्यवहारीक समस्याहरु र अनिवार्य पालना गर्नुपर्ने प्रावधानका विषयमा छलफल गरिएको थियो ।

नेपाल कानुन समाजबाट वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा,नेपाल कानुन समाज कर्णाली प्रदेशका अध्यक्ष अधिवक्ता रामबाबु वि.सी.,जर्मन सहयोग नियोगका प्रतिनिधि पशुपतिनाथ झा लगायतले प्रशिक्षण दिनुभएको थियो । जुम प्रविधिमार्फत कानुन मन्त्रालयका पुर्व सचिव माधव पौडेल,तिर्थमान शाक्यले समेत प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएको थियो ।

मेलमिलापकर्ताको तालिम समापनका क्रममा दैलेख जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश दण्डपाणी लामिछाने र श्रेस्तेदार ईन्द्र बहादुर कार्कीले मेलमिलापकर्ताको दर्ता,खारेजी लगायतका विषयमा प्रकाश पार्नुभएको थियो । यस प्रकारका तालिम तथा कार्यक्रमहरुले स्थानीय सरकार संचालन ऐनले गरेको व्यवस्था अनुसार स्थानीय तहलाई सञ्चालन गर्नमा सहयोग पुग्ने अपेक्षा गरिएको दुल्लू नगरपालिकाका कानूनी सल्लाहकार अधिवक्ता खगेन्द्र बहादुर खनालले जानकारी गराउनु भएको छ ।

न्यायिक कार्यहरुमा सक्रियता देखाउँदै दुल्लू नगरपालिका

लगातार दोस्रो दिन कोरोना निको हुने संख्या

न्यायिक कार्यहरुमा सक्रियता देखाउँदै दुल्लू नगरपालिका

महिला टी-२० क्रिकेटका लागि २४ खेलाडी बन्द

Leave a comment

Your email address will not be published. Required fields are marked *