लगातार दोस्रो दिन कोरोना निको हुने संख्या धेरै, २४ को मृत्यु

काठमाडौं । लगातार दोस्रो दिन नेपालमा कोरोना संक्रमित भन्दा निको हुने धेरै रहेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लाे २४ घण्टामा १९२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकोमा २२४८ जना संक्रमणमुक्त भएका छन् ।

यसअघि शनिबार २०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने २३८२ जना संक्रमणमुक्त भएका थिए । मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनामा कोरोना परीक्षण भएकोमा १९२० जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा २४ जनाले ज्यान गुमाएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४७ हजार ४३३ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८० हजार २०९ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ भने मृतकको संख्या १० हजार ५०९ पुगेको छ ।

हाल देशभर ३८ हजार ७५१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

लगातार दोस्रो दिन कोरोना निको हुने संख्या धेरै, २४ को मृत्यु

करिश्माले भनिन्- सुन्दरताले मात्र अभिनयमा टिकेको होइन

लगातार दोस्रो दिन कोरोना निको हुने संख्या धेरै, २४ को मृत्यु

न्यायिक कार्यहरुमा सक्रियता देखाउँदै दुल्लू नगरपालिका

Leave a comment

Your email address will not be published. Required fields are marked *