बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ

सुर्खेत, ३१ जेठ ।
बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीले ३९ वर्षीया कमला कुमारी शाहीलाई सुर्खेतको पञ्चपुरी नगरपालिका–३ पलैटेस्थित प्रेमबहादुर शाहीको घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बाबियाचौरका अनुसार पक्राउ परेकी शाहीलाई बैंकिङ कसूर मुद्दाको अनुसन्धान गरिरहेको प्रहरी वृत्त सातदोबाटो, ललितपुरमा बुझाउन पठाइएको हो । बिहान ९ः५५ बजे इलाका प्रहरी कार्यालय बाबियाचौरमा कार्यरत प्रहरी सहायक हवलदार (प्रसह) देवराज गिरीको जिम्मा लगाई उनलाई श्री एयरलाइन्सको उडानमार्फत ललितपुर पठाइएको प्रहरी जवान जिवेश शाहीले जानकारी दिएका छन् ।






