सुर्खेतको सिम्तामा बस दुर्घटना, १२ जना घाइते

सुर्खेत ।  सिम्ता गाउँपालिका–४ बजेडी चौरमा बस दुर्घटनामा परी १२ जना घाइते भएका छन्। सिम्ताको देउली बजारबाट जामुने आउँदै गर्दा बुधबार बिहान करिब साढे १० बजे बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना ७ ख ६०६३ नम्बरको बस ब्रेक फेल भई सडकबाट करिब १५ मिटर तल खसेको छ। बसमा सवार २४ जना यात्रुमध्ये १२ जना घाइते भएको प्रहरी निरीक्षक नन्दराम जैशीले जनाकारी दिए।
प्रहरी निरीक्षक जैशीको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी स्थानीय मेहलकुना अस्पतलामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था सामान्य छ।

सुर्खेतको सिम्तामा बस दुर्घटना, १२ जना घाइते

 परराष्ट्रमन्त्री खड्का नियुक्त, १ बजे शपथ

सुर्खेतको सिम्तामा बस दुर्घटना, १२ जना घाइते

प्रियंकाले दिइन् छोरीलाई जन्म

Leave a comment

Your email address will not be published. Required fields are marked *