संयुक्त विद्यार्थी संगठनले लगायाे मप विश्वविद्यालयमा अनिश्चितकालिन तालबन्दी
सुर्खेत । संयुक्त विद्यार्थी संगठनले मध्यपश्चिम विश्वविद्यालयमा अनिश्चितकालिन तालबन्दी गरेका छन् । बिहीबार विद्याथीहरुले आफुुहरुले राखेको मार्गहरु पुरा नभएको भन्दै म।प विश्व बिद्यालयको केन्द्रिय क्यापस, परिक्षा व्यवस्थापन कार्यालयलगायत सम्पूर्ण संकायको क्यापसहरुमा अनिश्चित कालकालागि बन्द गरेका हुन् ।
विद्यार्थीहरुले यहि साउन ३ गते १८ बुँदे माग राखी विश्वविद्यालय प्रशासनलाई ध्यानाकाषर्ण गराएका थिए । उक्त मागको बारेमा प्रशासन बेखबर भएको भन्दै विभिन्न विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् । उनिहरूले निरन्तर मप विश्वविद्यालयमा आन्दलोनका कार्यक्रमहरू गर्दै आएका छन् ।
माग आफूहरुको मार्गलाई विश्वविद्यालय प्रशासनले व्यवस्था नगरेकोभन्दै आक्रोशितभएका विद्यार्थीहरुले विश्वविद्यालय प्रशासनलाई चेतावनीस्वरुप ताला लगाएका हुन् ।
विद्यार्थीहरुको मागलाई वास्था नगरेका कारण आन्दोलन गर्नुपरेको र पटक–पटक प्रशासनलाई ध्यानाकर्षण गर्दा समेत प्रशासने वास्था नगरेकाले आन्दोलन गर्नुपरेको नेपाल विद्यार्थी संघका सभापति गौतम विसीले बताए । उनले विद्यार्थीहरुका मागहरुप्रति प्रशासनले कुनै वास्था नगरेका कारण आन्दोलन गर्न वाध्य भएको बताए । वार्ताको लागि आफूहरु साधै तयार रहेको उनिहरुकाे भनाई रहेकाे छ ।





