भारतमा कालो ढुसी संक्रमणबाट हालसम्म ४३ सयको मृत्यु

एजेन्सी ।  कोरोना महामारीको चपेटामा परेको भारतमा निम्तिएको अर्को महामारी कालोढुसी ९ब्ल्याक फंगस० संक्रमणबाट हालसम्म चार हजार ३०० जनाको ज्यान गएको छ। त्यहाँ कालो ढुसी संक्रमण महामारी फैलिएको केही महिना भएको छ।

भारतीय सञ्चारमाध्यमले कोरोना संक्रमणमुक्त भएपछि देखिने यो रोगका कारण हालसम्म ४ हजार ३ सय भन्दा बढीको मृत्यु भएको जनाएका छन्।

भारतीय स्वास्थ्यमन्त्री मन्सुख मान्ठदाभीयाले देशभर ४५ हजार बढी बिरामीमा कालो ढुसीको संक्रमण देखिएको जनाकारी दिएका छन्। तर, यो संख्या अझै बढी हुनसक्ने चिकित्सकहरुको अनुमान छ।

महाराष्ट्र र गुजरातमा बढी संक्रमित देखिएका छन् । सामान्यतयास् कोरोना संक्रमणमुक्त भएको १२ देखि १८ हप्तामा देखिने कालो ढुसीले नाक, आँखा र दिमागमा समेत असर गर्ने चिकित्सकहरुले बताएका छन्।

भारतमा कालो ढुसी संक्रमणबाट हालसम्म ४३ सयको मृत्यु

भारतमा ह्वात्तै बढ्यो संक्रमणदर, एकैदिन ४२ हजार

Leave a comment

Your email address will not be published. Required fields are marked *