वडा अध्यक्ष रोकाले बाँडे ३९ घरधुरीलाई सोलार, सोलार पाए पछि स्थानीय खुसि

दुर्गा विसि

सल्यान । सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा,४ का ३९ विपन्न घरपरिवारलाई वडाले आज सोलार वितरण छ । विद्युतको पहुँचबाट बञ्चित अति विपन्न घरपरिवारलाई सोलनार वितरण गरिएको वडा अध्यक्ष मोमत रोकाले बताए ।
विद्युतको पहुँचबाट बञ्चित साथै आर्थिक अवस्था कमजोर भएका विपन्न घरपरिवारलाइ सोलार वितरण गरिएको जनाएको छ । पहाडी साना किसानका लागि अनुकुलन आयोजना जिल्ला आयोजना समन्वय ईकाइ सल्यानको आर्थिक सहयोग उक्त सोलार वितरण गरिएको जनाएको छ ।
अँध्यारोमा जन जीविका चलाउँदै आएका विपन्न घर परिवारका समस्यालाई ध्यानमा राखी ३९ घरपरिवारलाई सोलार वितरण गरिएको वडा कार्यालयको भनाइ रहेको छ । प्रतिघरधुरी १४ हजारका दरले ५० वाटको सोलार वितरण गरिएको अध्यक्ष रोकाको भनाई रहेको छ ।
आशा परियोजनाले ५ लाख ४६ अनुदानका दरले दिएको रकम र वडाको सिफारिसअनुसार उक्त संस्थाको अनुदानमा ती सोलार रहेका छन् । ८० घरपरिवारका लागि वडाको सिफारिस रहेको थियोे भने रकम अपुगले पहिलोपटक ३९ घरधुरीलाई प्राथमिकता दिएको छ । सोलार पाए पछि स्थानीय भने खुसि बनेका छन् ।







