तिला गाउँपालिकाका १४ गाउँ छाउगोठ मुक्त

खलङ्गा : जुम्लाको तिला गाउँपालिकाभित्रका १४ गाउँबस्ती छाउगोठ मुक्त भएका छन् । यहाँको गैरसरकारी संस्था सर्वोदय नेपालसँगको समन्वयमा गाउँपालिका छाउगोठ मुक्त अभियानमा जुटेको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताईन् ।

समाजमा विकृतिका रुपमा जरो गाडेर बसेको छाउपडी प्रथा न्यूनीकरणका लागि छाउगोठ मुक्त अभियान थालिएको जनाउँदै उनले भनिन्, “छाउपडी प्रथा महिलाको वृत्ति विकासको बाधक हो, महिला सशक्तीकरण, लैङ्गीक समानता र विभेद न्यूनीरकरणका लागि यो अभियान एक नमूना कार्यकारुपमा अघि बढेको छ, हालसम्म गाउँपालिकाका १४ बस्ती छाउगोठ मुक्त भइसकेका छन् ।” बाँकी बस्ती छाउगोठ मुक्त हुने क्रम जारी रहेको छ ।

सर्वोदय नेपाल र इटालियन फाउण्डेशनको सहयोगमा यहाँका बस्ती छाउगोठ मुक्त कार्य अघि बढेको छ । स्थानीय सरकारसँग समन्वय गरेर छाउगोठ मुक्त अभियान तीव्र गतिमा अघि बढेको सर्वोदय नेपालका केन्द्रीय कार्यकारी निर्देशक धनबहादुर ऐरले बताए ।

सो गाउँपालिकाले सन् २०२१ सम्म पूरै गाउँपालिकालाई छाउगोठ मुक्त बनाई सक्ने रणनीति तयार पारेअनुसार सहयोग गरेकोे छ । छाउगोठ मुक्त बस्ती घोषणा गर्न महिनामा दुईपटक गाउँमा छलफल तथा सचेतनाका क्रियाकलाप हुने गरिएको छ । प्रत्येक तीन महिनामा घरधुरी सर्वेक्षण र घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएका कारण महिलामा परिवर्तन आएको सर्वोदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमल खत्रीले बताए ।

वडापालिका र गाउँपालिकास्तरीय समन्वयात्मक बैठक तथा अनुगमन गरेर मात्र छाउगोठ मुक्त बस्ती घोषणाको तयारी गरिएको हो । सरकारले छाउपडी उन्मूलन निर्देशिका ल्याए पनि कार्यान्वयनमा आउन सकेको छैन् । निर्देशिकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्धारण गरेको छ । यो निर्देशिका गाउँसम्म पुग्न सकेको छैन । तिला–४ का स्थानीयवासी सिर्जना शाहीले भने, “हाम्रो समाजमा छाउपडी प्रथाले हिंसा बढाइरहेको छ, महिला हिंसाको एक प्रमुख कारण छाउपडी प्रथा हो ।” रासस

तिला गाउँपालिकाका १४ गाउँ छाउगोठ मुक्त

न्युजिल्यान्डलाई क्लिन स्विपु को डर

तिला गाउँपालिकाका १४ गाउँ छाउगोठ मुक्त

साहित्यिक पत्रकार संघको अध्यक्षमा दुवाल

Leave a comment

Your email address will not be published. Required fields are marked *