न्युजिल्यान्डलाई क्लिन स्विपु को डर

भारत र न्युजिल्यान्डबीच जारी ३ खेलको टी(२० सिरिजको अन्तिम खेल आज कोलकातामा हुँदै छ ।  जहाँ घरेलु टोली क्लिन स्विपको लक्ष्यका साथमा मैदानमा उत्रँदा न्युजिल्यान्ड भने कम्तीमा एक खेलमा जित निकाल्दै सिरिजको बिट मार्ने ध्याउनमा हुनेछ  ।

पछिल्ला दुई खेलमा जित निकाल्दै रोहितले आफ्नो पहिलो टी(२० कप्तानीमै न्युजिल्यान्डसँगको सिरिज जितिसकेका छन् । त्यसैले बलियो टिमविरुद्ध कप्तान शर्मा लगातार तीन खेलमा जित निकाल्दै आफ्नो कप्तानी भूमिकालाई थप परिष्कृत गर्न चाहन्छन्  ।

त्यसोत कप्तान रोहित शर्मा टी(२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने भारतीय खेलाडीमा विराट कोहलीभन्दा ८७ रनले पछि छन्। उनी उक्त लक्ष्यका लागिसमेत मैदानमा हुनेछन्। तर, आजै उक्त लक्ष्य पूरा गर्न भने उनलाई सहज हुनेछैन  ।

त्यस्तै, शर्मा अर्को कीर्तिमान नजिक पनि छन् । यदि उनले आज ३ छक्का प्रहार गरेमा उनी टी(२० अन्तर्राष्ट्रियमा भारतका लागि पहिलो डेढसय ९१५०० छक्का प्रहार गर्ने खेलाडी बन्नेछन् । उनले १४७ छक्का प्रहार गरिसकेका छन्  ।

न्युजिल्यान्डलाई क्लिन स्विपु को डर

सुर्खेतमा खसीको मासुको मूल्य बढ्यो

न्युजिल्यान्डलाई क्लिन स्विपु को डर

तिला गाउँपालिकाका १४ गाउँ छाउगोठ मुक्त

Leave a comment

Your email address will not be published. Required fields are marked *