सुनको मूल्य प्रतितोला ३०० ले बढ्यो , चाँदी पनि उकालो लाग्यो

आज मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । हिजो सोमबार सुनको मूल्य एकै दिन प्रतितोला एक हजार रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भने सुनको भाउ बढेको जनाएको छ ।

त्यस्तै, आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार २०० रुपैयाँ छ । तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रुपैयाँ तोकिएको महासंघले बताएको छ ।

हिजो सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँको गिरावटसँगै छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० र तेजाबी सुनको मूल्य ८८ हजार ४५० रुपैयाँमा आइपुगेको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जनाएको छ । आज नेपाली बजारमा चाँदीको कारोबार प्रतितोला १ हजार १४० रुपैयाँमा भइरहेको महासंघले बताएको छ ।

सुनको मूल्य प्रतितोला ३०० ले बढ्यो  , चाँदी पनि उकालो लाग्यो

क्यानडा चुनाव : प्रधानमन्त्री ट्रुडोको पार्टी पहिलो

सुनको मूल्य प्रतितोला ३०० ले बढ्यो  , चाँदी पनि उकालो लाग्यो

सोह्रश्राद्ध आजबाट सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *