क्यानडा चुनाव : प्रधानमन्त्री ट्रुडोको पार्टी पहिलो नम्बरमा

काठमाडौं ।  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पार्टीले हिजो भएको संसदीय चुनावमा जित हासिल गरेको छ।

यद्यपि, संसदमा एकल बहुमत जुटाउन भने ट्रुडोको पार्टी असफल भएको छ। आम चुनावमा लिवरल पार्टीले १ सय ५७ सिटमा जित नजिक छ। यसअघि सन् २०१९ मा भएको निर्वाचनमा पनि उनको पार्टीले यत्ति नै सिटमा जित हात पारेको थियो।

क्यानडाको संसद् हाउस अफ कमन्समा बहुमतका लागि १ सय ७० सिटमा जित निकाल्नुपर्छ। कन्जरभेटिभ्स पार्टीले १ सय २१ सिटमा जित निकालेको छ। अघिल्लो चुनावमा कन्जरभेटिभ्स पार्टीको पनि यही स्थिति थियो। यो चुनावमा वामपन्थी दल न्यू डेमोक्रेट्सले २९ सिटमा जित हासिल गर्ने देखिएको छ।

उसका लागि यो चुनावमा ५ सिट फाइदा भएको छ। ब्लक क्युबेकोइस पार्टीले यो चुनावमा २८ सिटमा चित्त बुझाउँदा ग्रीन पार्टीले जम्मा दुई सिटमा मात्रै जित निकाल्ने देखिएको छ।

सन् २०१५ मा भएको चुनावमाबाट सत्तामा गएका ट्रुडोले पछिल्लो पटक अल्पमतको सरकार चलाइरहेकाका छन्। अल्पमतको सरकार भएका कारण उनले मध्यावधि चुनाव गर्ने निर्णय लिए पनि चुनावमा बहुमत प्राप्त हुन सकेन। यद्यपि आगामी सरकार पनि ट्रुडोकै पार्टीले गठन गर्ने निश्चित भएको छ।

क्यानडा चुनाव : प्रधानमन्त्री ट्रुडोको पार्टी पहिलो नम्बरमा

त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश फर्कियो

क्यानडा चुनाव : प्रधानमन्त्री ट्रुडोको पार्टी पहिलो नम्बरमा

सुनको मूल्य प्रतितोला ३०० ले बढ्यो ,

Leave a comment

Your email address will not be published. Required fields are marked *