तालिबानलाई अमेरिकाले अफगानिस्तानको सत्तामा पुर्‍याइदियो : आईएस

एजेन्सी । चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) ले अफगानिस्तानको सत्तामा तालिबानलाई अमेरिकीले पर्‍याइदिएको दाबी गरेको छ।

अफगानिस्तानको पछिल्लो अवस्थाबारे प्रतिक्रिया दिँदै आतंकवादी संगठन आईएसले त्यहाँ तालिबानले नजितेको, बरु अमेरिकाले नै अफगानिस्तानको नेतृत्व तालिबानलाई सुम्पिएको तर्क गरेको हो।

आईएसले आफ्नो साप्ताहिक पत्रिका अल–नबाको अगष्ट १९ गतेको सम्पादकीयमा लेखेको छ, ‘यो सुविधाको जीत हो, इस्लामको होइन। यो लेनदेनको जीत हो, जिहादको होइन।’

‘नयाँ तालिबान’लाई आईएसले ‘इस्लामको नकाबधारी बहुरूपी’ को संज्ञा दिएको छ। अब उनीहरूलाई अमेरिकाले मुसलमानबीच विवाद निम्त्याउन र इस्लामिक स्टेटको उपस्थिति अन्त्य गर्न उपयोग गर्ने पनि सो सम्पादकीयमा दाबी गरिएको छ।

पछिल्ला केही वर्षयता अफगानिस्तानमा तालिबान र आईएस एक–अर्कोविरुद्ध मुठभेडमा छन्।

तालिबानलाई अमेरिकाले अफगानिस्तानको सत्तामा पुर्‍याइदियो : आईएस

जलवायु परिवर्तनबाट विश्वभर एक अर्ब बालबालिका जोखिममा

तालिबानलाई अमेरिकाले अफगानिस्तानको सत्तामा पुर्‍याइदियो : आईएस

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *