१८ वर्षमाथिकालाई पनि जोनसनको खोप लगाइँदै

काठमाडौं । आज (बुधबार) बाट १८ वर्ष माथिका उमेर समूहलाई अमेरिकी जोन्सन एण्ड जोन्सन खोप लगाइँदै छ।

खोप बाँकी रहेकाले ती उमेर समूहलाई लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीले जानकारी दिए।

जिल्ला प्रमुख पराजुलीका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले ५० देखि ५४ वर्ष उमेर समूहका लागि जिल्लालाई एक लाख ४० हजार डोज जोन्सन खोप उपलब्ध गराएको थियो।

‘खोप लगाएर पनि करिब एक लाख खोप बाँकी रहेको पाइयो,’उनले भने, ‘त्यही भएर काठमाडौं जिल्लाभित्र १८ वर्ष उमेर माथिकालाई आजबाट लगाइएको हो।’

सरकारले उक्त खोप गत सोमबार गतेदेखि नै ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण असक्त अपांगता,नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र छुट भएका स्वास्थ्यकर्मीहरुलाई लगाउन सुरु गरेको थियो।

१८ वर्षमाथिकालाई पनि जोनसनको खोप लगाइँदै

श्रीमान् पक्राउ परेपछि कहाँ छिन् शिल्पा शेट्टी

१८ वर्षमाथिकालाई पनि जोनसनको खोप लगाइँदै

नरेन्द्र मल्लले ल्याए ‘मेरी माया जुन भन्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *