सल्यानमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

सल्यान । जिल्लामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा भएको घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बनगाड कुपिण्डे नगरपालिका –५ मा दुई बालकको आपसी झगडा गरी हानाहान गर्दा १३ वर्षीय सन्दीप परियारको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ।

मंगलबार साँझ ८ बजेतिर एक आपसमा झगडा गर्ने क्रममा १२ वर्षीय बालकले जुत्ता सिलाउने सियोले बायाँ कानको माथि हानी घाइते बनाई मेडिकल कजेल कोहलपुरमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

यस्तै, कालिमाटी गाउँपालिका–३ रामपुरमा रोकी राखेको टिप्परको टायर फेर्ने क्रममा गाडीमा लगाएको जग भासिँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा कालीमाटी गाउँपालिका –२ सिमलकुनाका अन्दाजी १९ वर्षीय ज्ञान बहादुर ओली रहेको सूचना अधिकारी पौडेलले बताए। घटनाको थप अनुसन्धान भइरहेको पौडेलको भनाइ छ।

सल्यानमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

चीनमा भीषण वर्षा, १२ जनाको मृत्यु, कयौं

Leave a comment

Your email address will not be published. Required fields are marked *