भीम रावललाई राजीनामा फिर्ता लिन सुदूरपश्चिमका १४ सांसदको दबाब

नेकपा एमाले सुदूरपश्चिम (माधव समूह)का प्रदेशसभा सदस्यले नेता भीम रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् ।

संघीय राजधानी काठमाडौं पुगेर प्रदेश सरकारका चार मन्त्री र १० जना प्रदेशसभा सदस्यले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् ।

रावलकै निवासमा पुगेर भेटेका उनीहरुले निर्णयमा पुनर्विचार नगरेमा आफूहरुले पनि प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिने चेतावनी दिएका छन् ।

‘धनगढीमै हुँदा हामीले अनौपचारिक बैठक बसेर हामी १७ जना सांसदहरुले रावल कमरेडलाई भेटेर राजीनामा फिर्ता लिन आग्रह गर्ने निर्णय गरेका थियौं,’ प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले भने, ‘मंगलबार काठमाडौं पुगेर भेट्दै उहाँसँग कुरा राख्यौं । तपाईं सुदूरपश्चिमबासी मात्र नभएर राष्ट्रकै नेता हो । यो निर्णयमा पुनर्विचार गर्नुस् होइन भने हामी पनि राजीनामा दिन्छौं भनेर भन्यौं ।’

जवाफमा रावलले आफूहरुले दिएको सुझावलाई ग्रहण गर्दै आवश्यक निर्णय लिने आश्वासन दिएको कुँवरले बताए । उनले आफू पार्टी एकताका लागि गठित कार्यदलको संयोजक र सर्वोच्च अदालतमा हस्ताक्षर गरेकाले पनि नैतिकताका आधारमा सांसद पदबाट राजीनामा दिएको समेत उनीहरुसँग बताएका थिए ।

भीम रावललाई राजीनामा फिर्ता लिन सुदूरपश्चिमका १४ सांसदको दबाब

एल क्लासिको : बार्सिलोना लिजेण्ड्समाथि रियलको जीत

Leave a comment

Your email address will not be published. Required fields are marked *