प्रदेश प्रमुख कलौनीबाट प्रदेश स्थापना दिवसको शुभकामना

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’को अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख कलौनीले यस अवसरमा आज कर्णालीवासी सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै विशेषगरी कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा आफ्नो जीवनको उत्सर्ग गर्ने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “कर्णाली प्रदेश स्थापनार्थ दुई साता लामो आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिं रजुवारको शहादतपश्चात् विसं २०७२ भाद्र ४ गते आजकै दिन कर्णाली प्रदेशको स्थापना भएको हो ।

प्रदेश प्राप्तिका लागि जीवन बलिदान गर्नुहुने चारैजना शहीदहरुको सपना साकार पार्न मन, वचन र कर्मले अविचलितरुपमा समर्पित रहन हामी सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।”

‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ यस ऐतिहासिक महत्वको दिनले कर्णाली प्रदेश सरकारको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन सोच हाँसिल गर्न अझ प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रदेश प्रमुखले दिनुभएको छ । दिवसको अवसरमा प्रदेश सरकारले आज कर्णाली प्रदेशभर सार्वजनिक विदा दिएको छ ।

प्रदेश प्रमुख कलौनीबाट प्रदेश स्थापना दिवसको शुभकामना

अफगानिस्तानको युद्धमा अमेरिकाले कति रकम खर्च गर्यो

प्रदेश प्रमुख कलौनीबाट प्रदेश स्थापना दिवसको शुभकामना

माधव नेपालको पार्टीको नाम ‘एमाले’ हटाएर ‘नेकपा

Leave a comment

Your email address will not be published. Required fields are marked *