माधव नेपालको पार्टीको नाम ‘एमाले’ हटाएर ‘नेकपा एकीकृत समाजवादी’

काठमाडौं : माधव कुमार नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम परिवर्तन गरेको छ।

यसअघि नेकपा एमाले समाजवादी नाम राखिएकोमा अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ। शुक्रबार नेता राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेको हो।

यसअघि प्रस्तावित नेकपा एमाले (समाजवादी) नाम मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गर्न सक्ने देखिएपछि नयाँ नाम प्रस्ताव गरिएको हो। नेपालले ‘एमाले’ र महन्थ ठाकुरले ‘जसपा’ नाम प्रयोग गर्न नपाउने निर्वाचन आयोगले संकेत गरेको थियो।

चुनाव चिन्हको बारेमा भने अझै निर्णय भइसकेको छैन। नयाँ पार्टीका लागि ‘खुला किताब’ चुनाव चिन्ह प्रस्ताव गरिएको थियो । तर, त्यो अर्को पार्टीसँग मिलेपछि त्यसमा विवाद सिर्जना भएको थियो।

यस्तै महन्थ ठाकुर पक्षले पनि पार्टीको नाम परिवर्तन गरेर लोकतान्त्रिक समाजवादी पार्टी राखेकाे छ। नेता केशव झाले यसअघि प्रस्तावित नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) परिवर्तन गरिएकाे जानकारी दिए।

माधव नेपालको पार्टीको नाम ‘एमाले’ हटाएर ‘नेकपा एकीकृत समाजवादी’

प्रदेश प्रमुख कलौनीबाट प्रदेश स्थापना दिवसको शुभकामना

माधव नेपालको पार्टीको नाम ‘एमाले’ हटाएर ‘नेकपा एकीकृत समाजवादी’

 एमाले कर्णालीद्धारा भूमि आयोग पुनर्गठन गर्न माग

Leave a comment

Your email address will not be published. Required fields are marked *