निशुल्क स्वास्थ्य सिविरबाट तीन सय ३३ जनाले लिए सेवा

सुर्खेत, ७ असार
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, स्थित झुप्रा खोलाको बादी बस्ती र सुब्बाकुनामा निशुल्क स्वास्थ्य सिविरको आयोजना गरिएको छ । शनिबार र आइतबार दुई दिन चलेको शिविरमा तीन सय ३३ जनाले सेवा लिएका छन् । शनिबार झुप्रा खोला र आइतबार सुब्बाकुनामा बसोबास गर्ने वादी समुदायलाई लक्षित गरी होसन्ना सेवाकाई नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा स्वास्थ्य सिविर आयोजना गरिएको हो । होसन्ना सेवाकाई नेपालका कार्यकारी अधिकृत पुजा वादीले झुप्रामा एक सय ८० र सुब्बाकुनामा एक सय ५३ जनाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको बताइन । उनीहरुको हाडजोर्नी रोग विशेषज्ञ डाक्टर गणेश तिवारी र स्त्रीरोग विशेषज्ञ भवानी शिल्पकारले जाँच गरेका थिए ।

शिविरमा हाडजोर्नी, छाला, पाठेघरको समस्या, किशोरीमा सानै उमेरमा बच्च जन्माउदा पाठेघरमा पानी जम्ने लगायतका समस्या बढी देखिएको डाक्टर तिवारीले जानकारी दिए ।
परीक्षण गरिएका बिरामीलाई निशुल्क औषधीसमेत वितरण गरिएको थियो । यस्तै, शिविरका क्रममा पाठेघरलगायतका जटिल समस्या भएका तथा शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूको समेत पहिचान गरिएको छ । यस्ता बिरामीलाई उपयुक्त अस्पतालमा रेफर गरी आवश्यक शल्यक्रिया तथा थप उपचारका लागि सहयोग गरिने आयोजक संस्थाले जनाएको छ ।

निशुल्क स्वास्थ्य सिविरबाट तीन सय ३३ जनाले लिए सेवा

कर्णालीमा बढ्दो दुर्घटना

निशुल्क स्वास्थ्य सिविरबाट तीन सय ३३ जनाले लिए सेवा

डुबेर तीन जनाको मृत्यु 

Leave a comment

Your email address will not be published. Required fields are marked *